Skip to content

शेखर खरेल

यस्तो छ कान्तिपुर यौनगाथा

सम्राट उपाध्यायको नवीनतम कृति ‘दी सिटी सन्’को अन्तिम पातो पल्टाएपछि केही वर्षअघि उनीसँग आफूले अन्तर्वार्ता गरेको क्षण सम्झेँ। ‘तपाईंको आख्यानबाट ‘सेक्स’ झिके के बाँकी रहन्छ?’, पत्रकार मित्र दीपक अधिकारीसहित बबरमहल रिभिजिटेडको से क्यारोलिनमा कफी सुरुप्प गर्दै प्रश्न तेस्र्याउँदा सम्राट प्रतिउत्तरमा लामो हाँसेका थिए।

कथाका दस अवतार

  • by

विभिन्न कालखण्डहरूमा पढिइएका कथाहरू एकमुष्ट बदलिएको परिवेशमा पुनर्पठन गर्दा एक प्रकारको ‘फ्ल्यास ब्याक’ जस्तो हुँदो रहेछ । मेरो सक्रिय पत्रकारिता युगका सहकर्मी मित्र सरोजराज अधिकारीका फुटकर कथाहरूको ओजिलो संग्रह ‘रूपबजारकी नोरा’ पढ्दा त्यस्तै अनुभव गरें ।

एक थिए देवकोटा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि उनको जन्मको एक शताब्दीपछि केही लेख्नु एक अर्थले उपभोक्तावादी समाजमा चुर्लुम्म डुबेर महात्मा गान्धीमाथि लेख्नुजस्तै हो । शंका छैन, देवकोटा नेपाली साहित्याकाशका महान् कवि हुन् र उनमाथि राष्ट्र र जनता दुवैले ‘महाकवि’ को दोसल्ला ओढाएका छन् । हुन पनि विरलै फोटो खिचिने देवकोटाकालीन युगमा उनको छविलाई स्मरण गर्दा ती एकाध तस्बिरहरू मानसपटलमा आइपुग्छन्, दोसल्ला (वा दोलाइ) ओढेको वा अर्नेस्टो चे ग्वेभाराले क्युबन सिगार तानेझैं उनले फूलमार चुरोटको सर्को लिँदै गरेको ।