Skip to content

लेखनाथ खतिवडा

गजल

भन्नेहरु भन्दै गर्छन¸ तिमी वर सरे हुन्छ¸
कति गर्छौ लेक बेसी¸ यतै डेरा सरे हुन्छ ।

संकीर्ण छ समाज हाम्रो हात समाइ नहिँडौला¸
लोभी आँखा पापी मन¸ छली बसाइ सरे हुन्छ ।

धुलो मैलो हिलैमा हो कमलको फूल फूल्ने¸
सभ्यताको विज छर्न¸ यतै बास सरे हुन्छ ।

पर्खाल यो कुरीतीको¸ मिलीजुली पार गर्न¸
अँझ आँट बढ्छ प्रिय¸ मनमै डेरा सरे हुन्छ ।

सुनाउलान् नी जनजनले¸बेफ्वाँकको नीति नियम¸
झुठको पर्दा धुजा पार्न¸ यतै डेरा सरे हुन्छ¸
भन्नेहरु भन्दै गर्छन्¸ तिमी वर सरे हुन्छ ।

BijaySharma

चाहनामा आइनौ प्रिय

चाहनामा आइनौ प्रिय मन अन्तै मोडिइसक्यो
अलि ढिला भयो प्रिय जरा अन्तै गडिसक्यो ।

चाहना नि वासना हुन्छ वास्तविकता बदलेपछि
बसवास भए आस प्रिय मनले डेरा सरिसक्यो ।

तस्बीर बोल्छ भन्ठानेर

तस्बीर बोल्छ भन्ठानेर, नियालेर केरिरहेँ,
सुवाश छर्ने मन्द मुस्कान, एकोहोरो बेरिरहेँ ।

नेपथ्यमा तिम्रो झल्को, दिवास्वप्न हो कि तन्द्रा,
कत्ति आश लाग्छ बरै, फर्की फर्की हेरिरहेँ ।

गोधूलिमा ओझेल पर्दै, टाढा तिमी सरे पनि,
नयन यी उघारेरै, मिर्मिरेलाई सेरिरहेँ ।

न त भूल्न सकेँ न त भेट्न सकेँ

न त भूल्न सकेँ न त भेट्न सकेँ¸
व्यर्थै याद साँची तड्पीएर बसेँ ।

न नै तिमी आयौ न म आउन सकेँ¸
व्यर्थै भावनालाइ कुण्ठीत गरी छट्पटीएर बसेँ ।

गजल

समयलाइ कुर्दा कुर्दै अब तिम्रै भएँ सानु¸
याद साँची कुर्नु पर्दा धेरै पिडा सहेँ सानु ।

तपस धेरै मनले गर्यो् तन त्यसै भौतारिँदा¸
लगनगाँठो जुर्ने भयो अब तिम्रै भएँ सानु ।

कसको कस्तो भन्दा भन्दै आलटाल गर्यास थिएँ¸
तिम्रै साथ लेख्या रै छ अब तिम्रै भएँ सानु ।

आँट गरेँ सुर कसेँ अब पक्कै तिम्रै हुन्छु¸
सातै जुनी साथ दिन अब तिम्रै भएँ सानु ।

गजल

भैगो छुट्यो साथ अब भेट्न नआउ सानु¸
नसके नि भूलिदिउँला अब भेट्न नआउ सानु ।

छाडिसकेँ सम्झि रुन अनि तिम्रो बाटो कुर्न¸
भूल्या यादलाइ व्यूँताउन अब भेट्न नआउ सानु ।

धेरै सहेँ तिम्रा झुठ अब झेल्न गार्हैन पर्ला¸
अँझै माया गर्छु भन्दै अब भेट्न नआउ सानु ।

आफ्नै सुर गरे हुन्छ तिम्रो पायक के के पर्छ¸
फेरि पनि ढाँट्छु भनि अब भेट्न नआउ सानु ।

झुपडीको कथा

विचलित छैन झुपडी
खाली खाँबो हल्लिएको हो
अवशान छैन शान्ति
मात्र कोलाहलमा पुरिएको हो ।

बलिया छन् हात पाखुरा
निर्मम ती मनहरू
जीवित छन् लासहरू
खाली प्राण खोसिएको हो ।