लत्याइसक्यौ मेरो माया, मनमा अँझै विश्वास छैन,
बग्या खोला फिर्ने आशमा, मनसँगै बहिरहेँ ।
पसिनैले मैलो भ:छ, सिरानीको तिम्रो तस्बीर,
नयनधारा आँशु सिञ्ची, तिम्रै तस्बीर धोइरहेँ ।
बेठिकलाई ठिक चुन्ने, आवेशको छनौटले,
जवानीलाई साक्षी राखी, आँखाहरु भिजाइरहेँ ।
अभिशाप भो “प्रेम”, मेरो आफ्नो शब्दकोषमा,
कहिल्यै खाटो नबस्ने यो, घाउ मनको चर्काइरहेँ,
बग्या खोला फिर्ने आशमा, मनसँगै बहिरहेँ ।
