चाहनामा आइनौ प्रिय मन अन्तै मोडिइसक्यो
अलि ढिला भयो प्रिय जरा अन्तै गडिसक्यो ।
चाहना नि वासना हुन्छ वास्तविकता बदलेपछि
बसवास भए आस प्रिय मनले डेरा सरिसक्यो ।
साथसाथै बहेपनि किनारा नै छुट्टेपछि
असम्भव नै होला मिलन सिन्दुर अन्तै चढिसक्यो ।
अर्थ हुन्न तेल थप्नु दिप अर्कै जलेपछि
मनको बाँध कस प्रिय लगन अन्तै जुरिसक्यो ।
आज साँचो बोल्नुपर्छ मन अन्तै झाँगिएपछि
अब ढिला भयो प्रिय जरा अन्तै गढिसक्यो ।
बकवास भए आस प्रिय मनले डेरा सरिसक्यो ।
First published : 2013-05-20 21:37:18 +0900
