आफैँ अघि सर्यौ पैले, अब पछि हट भन्छ्यौ
साटीसक्या मन फेरि, आफ्नो आफ्नो बाँट भन्छ्यौ
भूलभुक लेनदेन, सम्हालेर बढौँ भन्दा,
अँगालो यो कमसल भो रे, अब पछि हट भन्छ्यौ
पैसा सँग हाटबजारमा, साट्छौ क्या हो मनमुटु,
लिलाम भो बढाबढमा, भन्दै साथ छाड भन्छ्यौ
चाला तिम्रो रकमी भो, सधैँ यौवन झाँगिन्छ र,
लाली पाउडर ब्युटीपार्लर, सबै किन्छु गाँठले भन्छ्यौ
हुन्नौ यहाँ द्रौपती त, कलि युग हो बुझ भन्दा,
आर्थिक लाभमा फस्या रै छौ, धनमा तन बाँड्छु भन्छ्यौ
हैसियत यो निम्न भो रे, अब साथ छाड्छु भन्छ्यौ,
साटी सक्या मन फेरी, आफ्नो आफ्नो बाँट भन्छ्यौ
