Skip to content

न त भूल्न सकेँ न त भेट्न सकेँ


न त भूल्न सकेँ न त भेट्न सकेँ¸
व्यर्थै याद साँची तड्पीएर बसेँ ।

न नै तिमी आयौ न म आउन सकेँ¸
व्यर्थै भावनालाइ कुण्ठीत गरी छट्पटीएर बसेँ ।

अविछिन्न यादहरु निरन्तर आउन थाले¸
यादैयाद थुपारेर कुना पसी रोइ बसेँ ।

ओँला भाँच्दै तारा गन्दै रातहरु काट्न थालेँ¸
व्यर्थै सम्झनामा रुमल्लिएर झनै एक्लो भइ बसेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *