विक्रम नेपाली
मरणोपरान्त
प्रभाः
खोलेर आँखा, हेर्नू न स्वामी, यी छोरा हेर्नू न
कसरी बाँच्न, सकुँला स्वामी, बालक हेर्नू न
आकाशतिर, नहेरे हुन्न?, विन्ती छ हजुर
पुछिँदा स्युँदो, खुशी के हुन्थेँ, विन्ती छ हजुर
वैल्याई झरे, दिलको फूल, पापीले छोएछ
सम्हाल्न गाह्रो, हुनेछ अब, यो दिल रोएछ
मुठ्ठीमा च्यापी, राख्न के सक्थेँ, भाग्यको विधाता
लुट्दछ किन, पापीले मेरो, यो भाग्य विधाता
पश्चताप
गणतन्त्रको उदय पश्चात पनि
कुर्सीको लुछाचुडी भएको छ
सारा लाप्छेकाँडाँहरु
कलिलो कोपिलालाई
घोप्न तल्लिन् छन् ।
पारिजातका फुलहरु
फुल्नै छाडि सके
डाँफे चरी नाँच्न भुली सके
भमरा डुल्दिन पो भन्छ
फुलको पात पातमा
हाङ्गा हाङ्गामा
म सोध्छु
यो सवथोक किन ?
ऊ भन्छ
अमृत विष बन्न पनि सक्छ
विष पिएर
विना काल
मर्न चाहन्न
बर्षौ बाँच्ने सपनाहरु
त्यसै तुहिन दिन्न
आहा !
त्यो भमराको कस्तो तपश्या
कस्तो अडिग छ
चनाखो छ
तर हामी अरुको ईसारामा
नाँच्न चाहाने
कस्तो बुद्दु रहेछौँ ।।।
लेखकको परिचय
विक्रम नेपाली(पवन)
बेथन ४ रामेछाप
