Skip to content

विक्रम नेपाली

याे जिन्दगी

याे जिन्दगी हतारकाे लागि हैन
याे जवानी बजारको लागि हैन ।।

अाे ! प्रियसी म मस्यौदा लेख्दै छु
याे एजेन्डा सरकारको लागि हैन ।।

थाहा नपाअाेस् कुनै मिडियाले
हाम्रो माया पत्रकारको लागि हैन ।।

अाउ मेराे जिन्दगीमा याम बनेर
हैन ताजा समाचारकाे लागि हैन ।।

******
विक्रम पवन
बेथान- ४- रामेछाप

खोला मातेर

खोला मातेर मेरो घर बगायो
हेर्दाहेर्दै सबै रहर बगायो

अब राजधानी राजधानी रहेन
आफ्नै रगतले यो सहर बगायो

ओभानो छैन थलो न्यानो के हुन्यो
बाढी उर्लेर आफ्नै पत्कर बगायो

बढ्दै छ याँ आँधीहुरी

बढ्दै छ याँ आँधीहुरी आस्थाहरू ढल्न सक्छ
जानीजानी गल्ती गर्यौ हल्लाहरू चल्न सक्छ

पसिनाले माटो भिजाऊ हातभरि ठेला उठाऊ
तिम्रो त्यही पसिनाले सुनैसुन फल्न सक्छ

मरणोपरान्त

प्रभाः
खोलेर आँखा, हेर्नू न स्वामी, यी छोरा हेर्नू न
कसरी बाँच्न, सकुँला स्वामी, बालक हेर्नू न
आकाशतिर, नहेरे हुन्न?, विन्ती छ हजुर
पुछिँदा स्युँदो, खुशी के हुन्थेँ, विन्ती छ हजुर

वैल्याई झरे, दिलको फूल, पापीले छोएछ
सम्हाल्न गाह्रो, हुनेछ अब, यो दिल रोएछ
मुठ्ठीमा च्यापी, राख्न के सक्थेँ, भाग्यको विधाता
लुट्दछ किन, पापीले मेरो, यो भाग्य विधाता

म बाँचिरहेको देश

पहाडै पहाडको चट्टान छ
सगरमाथाको उच्च शिर छ
ऊ कहिले झुक्न जान्दैन ।
जहाँ,
हिऊका कणहरूले भरिपूर्ण छ
अन्नपूर्णको काखमा
फेवा सल्बलाई रहेको छ

पश्चताप

गणतन्त्रको उदय पश्चात पनि
कुर्सीको लुछाचुडी भएको छ
सारा लाप्छेकाँडाँहरु
कलिलो कोपिलालाई
घोप्न तल्लिन् छन् ।
पारिजातका फुलहरु
फुल्नै छाडि सके
डाँफे चरी नाँच्न भुली सके
भमरा डुल्दिन पो भन्छ
फुलको पात पातमा
हाङ्गा हाङ्गामा
म सोध्छु
यो सवथोक किन ?
ऊ भन्छ
अम‌ृत विष बन्न पनि सक्छ
विष पिएर
विना काल
मर्न चाहन्न
बर्षौ बाँच्ने सपनाहरु
त्यसै तुहिन दिन्न
आहा !
त्यो भमराको कस्तो तपश्या
कस्तो अडिग छ
चनाखो छ
तर हामी अरुको ईसारामा
नाँच्न चाहाने
कस्तो बुद्दु रहेछौँ ।।।

लेखकको परिचय

विक्रम नेपाली(पवन)
बेथन ४ रामेछाप

छोडेर जानु थियो नै भने जोडी जुटायौ किन

छोडेर जानु थियो नै भने जोडी जुटायौ किन
कसैको हुनु रहेछ आखिर् मुटु फुटायौ किन

धोका दिनेको हाल बेहाल यस्तै भएकै जाति
माया गरे झै गरी यो चोखो वैश लुटायौ किन

अचम्मको कुरा यै हो

अचम्मको कुरा यै हो काँडा पनि फुल्न थाल्यो
राष्ट्रभक्ति भन्थ्यो तर वीर सबै भुल्न थाल्यो

जति भाषण् चुटे पनि देख्छु देश उस्ता उस्तै
लुखुर् लुखुर् सुसुल्के झैँ वदेशमा डुल्न थाल्यो