Skip to content


हिजो फूलका फूलहरू
फुल्न छाडिसके
फूलका पातपातमा
भमरा डुल्न छाडिसके
सल्लाका सुस्केराहरू
गन्किन छाडिसके
पिपलका पातहरू सल्बलाउथ्यो
तर
त्यो पनि
फूल झैँ सल्ला झैँ
सल्बलाउन छाडिसक्यो

यो सब देखेर
चकित भईरहेको छु
आत्मग्लानी भई रहेको छ
आफै माथि
र भन्छु ,
मन मनै
म यो सबथोक देखेर
यो बादलको दृष्य हेरेर
किन ?
बाँचिरहेछु ।

२६८।०९।१० गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *