Skip to content

न्युँरियर हिँड्यौ किन ?


न्यँरियर हिँड्यौ किन, म देखेर लजाउदै ।
नजानु है छोडी एक्लै, दुनियाँलाई हँसाउदै ।

लड्नु पर्छ अब तिमी, कुस‌ंस्कार हटाउदै
कति बस्छ्यौ अकेला भै, आफै संगै डराउदै ।

हेपिएर बस्नु हुन्न, अछुतको बिल्ला भिरी
आजैबाट हिँडौ साथी, बुढो खम्बा ढलाउदै ।

मगजले कामै गर्न, छोड्यो क्या हो कुन्नि
सडकमा भुक्छ किन, बेतर्तीब कराउदै ।

विक्रम नेपाली{पवन}
बेथान -४ रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *