गगनमा हेर तारा कति कति
धरतीमा कुवा धारा कति कति
विधुवाको आँशु बग्यो धेरै चोटि
बग्दा आँशु बने रारा कति कति
निदरीमा राति छल गरेपछि
सपनिमा देखेँ दारा कति कति
बनेको छ देश ढुंगा माटो मिली
पहाडमा हेर गारा कति कति
विक्रम नेपाली
बेथान ४ रामेछप
२०६८।०८।१४ गते
