Skip to content

छोडेर जानु थियो नै भने जोडी जुटायौ किन


छोडेर जानु थियो नै भने जोडी जुटायौ किन
कसैको हुनु रहेछ आखिर् मुटु फुटायौ किन

धोका दिनेको हाल बेहाल यस्तै भएकै जाति
माया गरे झै गरी यो चोखो वैश लुटायौ किन

जवाफ दिए हुन्थ्यो निष्ठुरी मात्रै यो सवालको
बेईज्जत गरी खुल्ला यो आत्मा उल्टै चुटायौ किन

स्वीकार गर्दै गल्ती भो भन्दै आउनुको के अर्थ
सबैको माझ सम्बन्ध हाम्रो भन टुटायौ किन

विक्रम नेपाली >पवन@
बेथान ४ रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *