Skip to content

निर्जल

पिडित पति

दिनरात झगडाको
बिऊ खोज्छे ऊ
निहुँ खोज्नलाई
निहुँ खोज्छें ऊ

उखरमाउलो छ घरमा
जिउदैछु म डरमा
झर्ला र खाऊलाको
होला र गरौलाको भरमा
हातमुख जोर्न धौ धौ छ
तिहुनमा घ्यु खोज्छे ऊ
निहुँ खोज्नलाई
निहुँ खोज्छें ऊ

हिजो रक्तदान गरियो

अलिकति माया
अलिकति प्रेम
आदान प्रदान गरियो
हिजो रक्तदान गरियो

मध्यरातमा
गुन्गुनाईले ब्यूँझीँदा
मेरो गालामा उस्को नमस्कारले
र मैले बानाएको उस्को अचारले
एक आर्कालाई अभिवादन गरियो
हिजो रक्तदान गरियो

गजल (देउसिरे गाउँन आउँदैछु तिम्रो घरमा)

देउसिरे गाउन आउँदैछु तिम्रो घरमा
म माया लाउन आउँदैछु तिम्रो घरमा

नाच्दै, गाउदै खुशी बाड्दै तिहारको
विश्वास कमाउन आउँदैछु तिम्रो घरमा

गजल (म एउटा कविता लेख्दा लेख्दै)

म एउटा कविता लेख्दा लेख्दै रोकिएँ
फेरि प्रेम कथा लेख्दा लेख्दै रोकिएँ

जब उस्ले आम्दानीको हिसाब खोजी
आफ्नो जायज्याथा लेख्दा लेख्दै रोकिएँ

गजल (तीज स्पेशल)

तीज आको मारामार छ उसलाई
बर्त लिन कत्ती हतार छ उसलाई

कैले मामाले बोलाउने कैले दाइले
निम्तो पनि लगातर छ उसलाई

मेरो जीवन अलिकति तन्काउन
हरेक बाधा स्विकार छ उसलाई

सारी चहियो रे,हातमा चुरा रातै
मग्ने पनि आधिकर छ उस्लाई

ऊ जाँगरिलो छ

ऊ जाँगरिलो छ तर गुनले बिगार्छ
जसरी परेवालाई बिस्कुनले बिगार्छ

अपराधीहरू त्यति खराब त हुदैनन्
सजाए नदिएर यो कानूनले बिगार्छ
जसरी परेवालाई बिस्कुनले बिगार्छ

गजल (तिम्रो शहरमा)

घुमें खुँब रमाएर, तिम्रो शहरमा
तिम्रो हात समाएर तिम्रो शहरमा

चिनाएँ सबैलाई म तिम्रो हो भन्दै
ठुलो धाक जमाएर तिम्रो शहरमा
तिम्रो हात समाएर तिम्रो शहरमा

पत्थर दिल हुनेहरू (गजल)

बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू
त्यसै त्यसै मातिएर हिड्छन्, पत्थर दिल हुनेहरू

मन नदुखाईयोस् भनेर, गाह्रो नहोस् भनेर
याँहा दिउसै पिएर हिड्छन्, पत्थर दिल हुनेहरू
बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू

म हारेर फर्के (कविता)

उसैले जिति, म हारेर फर्के
पुरै दशदिन जुठो बारेर फर्के

सम्झनाका छालहरू उर्लदै थियो
अहंकार मनभित्र कुर्लदै थियो
त्यो युद्द आफैसँग आफ्नैलागि
आखिरमा आफैलाई पछारेर फर्के

तिम्रो मेरो उस्को

तिम्रो मेरो उस्को, एउटै बुझाई हुदैन
हरेक प्रश्नको जवाफ रुवाई हुदैन

यसो गर्यो उसो गर्यो आसु झार्यो
सत्र चोटी आसुले ननुहाई हुदैन?
हरेक प्रश्नको जवाफ रुवाई हुदैन

गजल

सबै तिम्रो मुहारमा हराउछन्
बच्चा जसरी बजारमा हराउछन्

अधिकांश आँखामा डुबेको सुने
बांकि परेलि धारमा हराउछन्

म लजाइन (गजल)

तिमीले आँखा जुधायेउ, म लजाइन
बत्ती झ्याप्प बुझायेउ, म लजाइन

त्यो हृदय खोलेउ, आँखामा घोलेऊ
निथरुक्क रुझायेउ, म लजाइन
तिमीले आँखा जुधायेउ, म लजाइन

लाज किन बिर्स्यौ (गजल)

बोल्दा आज बिरुद्द मेरो, लाज किन बिर्स्यौ
तिमीलाई चाहिनसक्ने, समाज किन बिर्स्यौ

धेरै चोटि, तिम्रो लागि लड्न पछि परिन म
उठाको थिए त्यो मैले, आवज किन बिर्स्यौ
बोल्दा आज बिरुद्द मेरो, लाज किन बिर्स्यौ