बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू
त्यसै त्यसै मातिएर हिड्छन्, पत्थर दिल हुनेहरू
मन नदुखाईयोस् भनेर, गाह्रो नहोस् भनेर
याँहा दिउसै पिएर हिड्छन्, पत्थर दिल हुनेहरू
बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू
उफ् ! अलिकति दुख्दा पनि, छात्ती चिरिन्छ रे
पहिले नै सिएर हिड्छन्, पत्थर दिल हुनेहरू
बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू
आफ्नै मात्र माया लाग्ने, घमण्डको छ खेती
बोलाउदा नापिएर हिड्छन्, पत्थर दिल हुनेहरू
बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू
तेतिसाह्रो डर लाग्नेभए घरबाट निस्किनु किन?
हेर कत्ति अतालिएर हिड्छन्, पत्थर दिल हुनेहरू
बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू
मस्तिष्कले काम नगर्दा, आँखा खल्तीमा हालेर
बडो ध्यान दिएर हिड्छन्, पत्थर दिल हुनेहरू
बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू
आखिर निर्जल पनि शिकार भ’को छ एक्चोटि
जाल बिच्छाएर हिड्छन्, पत्थर दिल हुनेहरू