प्रसङ्ग शिवरात्री निर्जल महेश गद्य कविता by nirjal33February 26, 2017म हिजो शिवजीको आदेशमा वायुपंखी धुँवाको विमान चडेर मर्त्यलोकबाट आकाश गङ्गातिर जादैगर्दा एकछिन तिम्रो याद आ’को थियो
संविधान, तँ ज्यानमारा निर्जल महेश गद्य कविता by nirjal33September 11, 2015संविधान, तँ ज्यानमारा तँ धोकेवाज तँ ढोंगी तेरो चपाउने र देखाउने छुट्टै बंगारा तँ ज्यानमारा तँ, सपनाहरूको हत्यारा सबैलाई खुशी पार्न नसक्ने, हुतिहारा जवाफदेही हुन नसक्ने, आवारा तँ राक्षस तँलाई रगत पिऊनु पर्ने तलाई वली दिनुपर्ने तँलाई घर जलाएर सेकिनुपर्ने तँ भाइमारा तँ ज्यानमारा
विवादहरू निर्जल महेश गद्य कविता by nirjal33April 2, 2015अर्थहिन औचित्य हिन संवाद विहीन हल नभएका मात्र समस्याका खातहरू विवादहरू
तिमी र बिजुली निर्जल महेश गद्य कविता by nirjal33September 12, 2014तिमी जस्तै ठ्याक्कै तिमी जस्तै घुर्क्याउने, नाप्पिने र च्याठिने कहिले भर पर्न नपाइने तिमी वाहेक मेरो अर्को कम्जोरी छ कि तिमी कि बुजिली छ
म शहरको हैन निर्जल महेश गद्य कविता by nirjal33September 4, 2014ए थानकोट तँ सांक्षी छस म यो शहरको हैन मलाई जबर्जस्ती अनेकौ वाहानाले लोभ्याएर, डर देखाउदै धम्क्याउदै, फकाउदै फुल्याउदै कैद गरिएको छ
पिडित पति निर्जल कविता by nirjal33June 12, 2014दिनरात झगडाको बिऊ खोज्छे ऊ निहुँ खोज्नलाई निहुँ खोज्छें ऊ उखरमाउलो छ घरमा जिउदैछु म डरमा झर्ला र खाऊलाको होला र गरौलाको भरमा हातमुख जोर्न धौ धौ छ तिहुनमा घ्यु खोज्छे ऊ निहुँ खोज्नलाई निहुँ खोज्छें ऊ
के म बाच्न सक्छु? निर्जल गद्य कविता by nirjal33May 23, 2014सबै पिडालाई भुलेर मेरा सपनाहरु बटुलेर मन मस्तिष्कबाट खुलेर अलिकति हाँस्न सक्छु? के म बाच्न सक्छु?
हिजो रक्तदान गरियो निर्जल गद्य कविता by nirjal33May 20, 2014अलिकति माया अलिकति प्रेम आदान प्रदान गरियो हिजो रक्तदान गरियो मध्यरातमा गुन्गुनाईले ब्यूँझीँदा मेरो गालामा उस्को नमस्कारले र मैले बानाएको उस्को अचारले एक आर्कालाई अभिवादन गरियो हिजो रक्तदान गरियो
बुद्द निर्जल महेश गद्य कविता by nirjal33May 15, 2014म आफू भित्र लादेन, अल्काईदा र शोभराज पालेर बाहिर बुद्दको उपासना गर्छु अनि चिच्चाएर कराएर घाटि फुट्ला झै गरी दुनियालाई सुनाउछु, भन्दै हिन्छु शान्ति कता गयो
गजल (म पहिले तिम्रो धुनमा हुन्थें) निर्जल महेश गजल by nirjal33April 25, 2014म पहिले तिम्रो धुनमा हुन्थें त्यसैले सधै मनसुनमा हुन्थें साथीहरू गजल सुन्न आउदा म चोटहरूको बिस्कुनमा हुन्थें
गजल (हिजोको रात सम्झिएँ) निर्जल गजल by nirjal33November 26, 20131 Commentहिजोको रात सम्झिएँ अनि पौनेसात सम्झिएँ बेशरम सल्बलाएका ती तिम्रो हात सम्झिएँ
गजल (देउसिरे गाउँन आउँदैछु तिम्रो घरमा) निर्जल गजल by nirjal33October 30, 2013देउसिरे गाउन आउँदैछु तिम्रो घरमा म माया लाउन आउँदैछु तिम्रो घरमा नाच्दै, गाउदै खुशी बाड्दै तिहारको विश्वास कमाउन आउँदैछु तिम्रो घरमा
गजल (म एउटा कविता लेख्दा लेख्दै) निर्जल गजल by nirjal33September 30, 2013म एउटा कविता लेख्दा लेख्दै रोकिएँ फेरि प्रेम कथा लेख्दा लेख्दै रोकिएँ जब उस्ले आम्दानीको हिसाब खोजी आफ्नो जायज्याथा लेख्दा लेख्दै रोकिएँ
गजल (तीज स्पेशल) निर्जल गजल by nirjal33September 8, 2013तीज आको मारामार छ उसलाई बर्त लिन कत्ती हतार छ उसलाई कैले मामाले बोलाउने कैले दाइले निम्तो पनि लगातर छ उसलाई मेरो जीवन अलिकति तन्काउन हरेक बाधा स्विकार छ उसलाई सारी चहियो रे,हातमा चुरा रातै मग्ने पनि आधिकर छ उस्लाई
मलाई माया गर्न छानी निर्जल गजल by nirjal33September 6, 2013मलाई माया गर्न छानी हाल्यौ तिमीले थुक्क बालुवामा पानी हाल्यौ तिमीले मलाई आफ्नैले नि आफ्नो सोच्दैनन् कसरी नजिकको ठानी हाल्यौ तिमीले
ऊ जाँगरिलो छ निर्जल गजल by nirjal33August 16, 2013ऊ जाँगरिलो छ तर गुनले बिगार्छ जसरी परेवालाई बिस्कुनले बिगार्छ अपराधीहरू त्यति खराब त हुदैनन् सजाए नदिएर यो कानूनले बिगार्छ जसरी परेवालाई बिस्कुनले बिगार्छ
पलाष्टिकको (गजल) निर्जल गजल by nirjal33August 8, 2013तिम्रो गुनासो पलाष्टिकको उफ्, त्यो हासो पलाष्टिकको मेरो चोटभित्र रमिता खोज्ने हेर ! चासो पलाष्टिकको उफ्, त्यो हासो पलाष्टिकको
चुनाब हुदैछ शहरमा? (गजल) निर्जल गजल by nirjal33July 31, 2013ठुलै तनाब हुदैछ शहरमा साच्चै चुनाब हुदैछ शहरमा? सबै त पिडित मात्रै देख्छु कस्लाई लाभ हुदैछ शहरमा?
गजल (तिम्रो शहरमा) निर्जल गजल by nirjal33July 30, 2013घुमें खुँब रमाएर, तिम्रो शहरमा तिम्रो हात समाएर तिम्रो शहरमा चिनाएँ सबैलाई म तिम्रो हो भन्दै ठुलो धाक जमाएर तिम्रो शहरमा तिम्रो हात समाएर तिम्रो शहरमा
पत्थर दिल हुनेहरू (गजल) निर्जल गजल by nirjal33July 26, 2013बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू त्यसै त्यसै मातिएर हिड्छन्, पत्थर दिल हुनेहरू मन नदुखाईयोस् भनेर, गाह्रो नहोस् भनेर याँहा दिउसै पिएर हिड्छन्, पत्थर दिल हुनेहरू बाहिर फूल लिएर हिड्छन्, पत्थर दिल हुनेहरू