Skip to content

गजल (तीज स्पेशल)


तीज आको मारामार छ उसलाई
बर्त लिन कत्ती हतार छ उसलाई

कैले मामाले बोलाउने कैले दाइले
निम्तो पनि लगातर छ उसलाई

मेरो जीवन अलिकति तन्काउन
हरेक बाधा स्विकार छ उसलाई

सारी चहियो रे,हातमा चुरा रातै
मग्ने पनि आधिकर छ उस्लाई

बिन्ती भुलेर नि केही नभनिदेऊ
म बिना त अन्धकार छ उस्लाई

मेरो लागि जो कस्ट भोग्दैछे
सधै असिम प्यार छ उस्लाई
तीज आको मारामार छ उसलाई
बर्त लिन कत्ती हतार छ उसलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *