Skip to content

मलाई त्यसरी नहेर


ठुलो सपना पालेर
आँखामा आँखा हालेर
होस उडाएँ झै गरी
बेहोस बनाएँ झै गरी
खै कसरी कसरी नहेर
मलाई त्यसरी नहेर

कालो कपालले छोपेर
मनमा बिउ रोपेर
तिर नजर छातिमा घोचेर
कुरा अनेक थरी सोचेर
तिमी यसरी नहेर
खबरदार! मलाई त्यसरी नहेर

कहिले कुनामा लुकेर
कहिले आगडि झुकेर
धेरै चोटि चुकेर
गाह्रो भा’झै, कतै दुखेर
हेर्नै नपा’को जसरी नहेर
बिन्ती ! मलाई त्यसरी नहेर

मैले सहनै नसक्ने गरी
तिमी बिना रहनै नसक्ने गरी
कसैलाई केही कहनै नसक्ने गरी
अलिकति लजाएर, सर्माएर
सधै याहाँसम्म धाएर
अरुलाई मनपरी नहेर
तिमी मलाई त्यसरी नहेर

हेराईको सीमा नै नाघेर
सधै एकोहोरो लागेर
बोल्न खोज्दा भागेर
काम नै नपाए जस्तै
तिमी हटै गरी नहेर
मलाई त्यसरी नहेर

कि नजिक आउ, कुरा गर
चाहना के छ? पुरा गर
कि भाग, सपना आधुरा गर
येसरि पछ्याउदै, लजाउदै
सारा दुनिया हसाउदै
टोलाउदै, बेस्सरी नहेर
लौन ! मलाई त्यसरी नहेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *