हरिप्रसाद तिवारी
आमाको मर्म र छोराको कर्म
साँझ डुबे पश्चिम घाम, फर्की सके पूर्व ।
मलाई भने अँध्यारै छ, कस्तो रैछ कर्म ।।
कस्तो थियो जन्म मेरो, कस्तो तिम्रो कर्म ।
जन्म तिमी दियौ आमा, कसले लेख्यो कर्म ।।१।।
आमा तिमी आँसु पिइ, छाती मलाई पिलाई ।
हर पल तिमी मर्यौं, तर मलाई जिलाई ।।
सुत्ने तिम्रो दैला ठेला,सुते म तिम्रो काख ।
सासू रिस तिमी खायौ, तिम्रो माया पाए म लाख ।।२।।
समाज र नारी सासू बुहारीको दायित्व
समाज र नारी
सासू बुहारीको दायित्व
हाम्रो समाज एक अन्धविश्वासले जकडिएको समाज हो। जहाँ नारी कै व्यथाहरू नारीले नै बुझ्न चाहँदैनन् र बुझेर पनि यसको समाधान गर्न सकिरहेका छैनन् हाम्रो समाजमा हुने गरेका कैयौँ घटनाहरू पनि
नारीका नारीत्वकै कमी बाट भई रहेका छन्।
नारीहरूको कैयौँ रूपबाट यस समाजको सिर्जना भइरहेको छ। समाजमा चलेको रीति अनुसार नारी
को बचपन रूप कन्या हून र कन्याको रूपामा पुज्ने गरिन्छ , भने विवाह पछि लक्ष्मीको रूप मनी उनको शुभ-