धनीका छोरी, आमाका प्यारी हुने छन् बुहारी,
मनमा पिर नपारी बसे, आफ्नो ज्यान सियारी।
दु:खमा हाँसे, त्यही नै हो सुख, नगर्नू धेरैको आस,
भरोसा भए नरूनु माया बसेकी छौ दिलमाबास
आत्माको खेल हो सुख दुख, सन्तोषी मन भएमा,
आउने छु एक दिन, तिमीलाई सम्झि भाग्यले दिएमा
जीवनको सपना, सिसाको महल नकल्पनू मनमा,
टुटेर जाला सपना फेरी, नतौलनू धनमा,
सरमको भाव गहना तिम्रो, बोलीमा तिम्रो शृंगार
यसैमा तिम्रो सम्मान होला, कहिल्यै न बिगार
सुखमा सब संसार हाँस्छ, तिमी दुखमा पनि हाँस्ने गर ।
सुखै सुखमा सबै बाच्छन्, तिमी दुखमा पनि बाच्ने गर ।

धनीका छोरी , आमाका प्यारी
कविता