Skip to content

यो एउटा लाउरेको कथा हो


यो एउटा लाउरेको कथा हो

यो एउटा दुखी को कथा हो,
कहिले न मिट्ने, कहिले नटुट्ने यो त एउटा लाउरेको कथा हो,

बर्षौसम्म कमाई धन बाउ-आमा खाइदिए
बचेको सारा समाज मिली भाइ अंशलाई दिए
भाइबैनी पल्नै बित्यो बैँस उमेर नि बचेन
यो दुखीको अरू के छ र समाजले सोचेन

यो एउटा दुखी को कथा हो,
कहिले नमिट्ने, कहिले नटुट्ने यो त एउटा लाउरेको कथा हो,

परदेश छदै सुनेथें खबर बाउ आमा गए रे
सानै थिए ती भाइ बैनी पनि घरबारे भए रे
उनैको लागि बिताए जीवन, निसान केही छैन
परदेश बस्ने यो दुखीलाई सम्झने कोही छैन ।

यो एउटा दुखी को कथा हो,
कहिले नमिट्ने, कहिले नटुट्ने यो त एउटा लाउरेको कथा हो,

यही छाती टेकी हुर्केका भाइ, बोल्दा नि झर्किन्छन्
यही छाती टेकी हुर्केका बैनी, देखेर तर्किन्छन्
आधी उमेर बित्यो उनैको लागि मतलबको संसार
सम्झनाभन्दा यो दुखीलाई बाँकी पो के छ र।

यो एउटा दुखी को कथा हो,
कहिले नमिट्ने, कहिले नटुट्ने यो त एउटा लाउरेको कथा हो,

खाएन सास्ती मनले कहिले, दुखैमा बित्छ दिन
कमाउँछु जति पठाउँछु घर झनै थपिन्छ रिन
तै पनि आफ्नै कर्मको खेल सम्झन्छु जहिले नि
जति गरे नि बाउआमाको मन फर्केन कहिले नि

यो एउटा दुखी को कथा हो,
कहिले नमिट्ने, कहिले नटुट्ने यो त एउटा लाउरेको कथा हो,

आफैलाई भन्दा प्यारो लाग्ने थि, घरमा श्रीमती
बैशले माती फालिछ गति, अर्कै लै समाती,
टुहुरा झैँ भए बालबच्चा घरमा, के गर्छन थाहाँ छैन,
उनै को पिरले धेरै दिन भो, खाना नि खा छैन .

यो एउटा दुखी को कथा हो,
कहिले न मिट्ने, कहिले नटुट्ने यो त एउटा लाउरेको कथा हो ।

हरि प्रसाद तिवारी
हाल साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *