Skip to content

समाज र नारी सासू बुहारीको दायित्व

समाज र नारी
सासू बुहारीको दायित्व

हाम्रो समाज एक अन्धविश्वासले जकडिएको समाज हो। जहाँ नारी कै व्यथाहरू नारीले नै बुझ्न चाहँदैनन् र बुझेर पनि यसको समाधान गर्न सकिरहेका छैनन् हाम्रो समाजमा हुने गरेका कैयौँ घटनाहरू पनि
नारीका नारीत्वकै कमी बाट भई रहेका छन्।
नारीहरूको कैयौँ रूपबाट यस समाजको सिर्जना भइरहेको छ। समाजमा चलेको रीति अनुसार नारी
को बचपन रूप कन्या हून र कन्याको रूपामा पुज्ने गरिन्छ , भने विवाह पछि लक्ष्मीको रूप मनी उनको शुभ-
स्वागत एवं घरमा उचित सम्मान दिइन्छ । बृद्धा अवस्थामा नारीलाई माता भनी पुज्ने गरिन्छ। यस्ता कुराहरू साथै
कथा उपकथाहरू, कैयौँ पुराण एवं धार्मिक किताबहरूमा मात्रै होइन, आज पनि हाम्रो समाजमा चलिरहेको छ ।
कालान्तरमा पनि नारीका कैयौँ रूपलाई भगवानको अवतार भनी पुज्ने गरिन्थ्यो माता लक्ष्मी, माता सरस्वती
एवं देवीका नवौं रूपहरू सबै नारीकै रूप हुन् । यिनीहरूलाई पनि हाम्रो समाजले उचित सम्मानका साथ पुज्दै
आएको छ। अवतार नभई जन्म लिएका नारीका अरू रूपहरूलाई पनि हाम्रो समाजले भगवानको रूप दिएको छ,
उदाहरण स्वरूप: माता सिताको कथा रामायणमा पढ्न सकिन्छ ।
रावणले हरेर लगेपछि, रावणले दिएका कैयौँ यातनाहरू र पती वियोगका कैयौँ आपत्तिहरू सहँदै आफ्नो अस्मिता बचाउन सफल भएको कुरा रामायणमा प्रस्ट पारिएको छ। यसरी समाजकी एक सच्चा नारी सीता
लाई पनि भगवान स्वरूप मानी हाम्रो समाजले पुज्ने गर्दछ ।
तर हाम्रा धार्मिक किताब हरू किम्बदन्तीहरु ,साथै चलेका रीति रिवाज ले पनि यो समाजलाई उचित शिक्षा दिनुको सट्टा अनुत्तरित समाज तिर धकेली रहेको छ । यी रीति रिवाजको वास्तविकता नबुझी समाज आज तँ भन्दा म के कम भन्ने होड मा आफ्नै – आफ्नै मा बैमनस्यता सिर्जना हुने गरेको आज कैयौँ समाजमा देख्न सकिन्छ ,प्राकृतिकको नियम चक्रलाई त रोक्न कसै ले सक्दैन ,तर समाजमा गर्नु पर्ने मन मर्यादाहरूको अतिक्रमण को र कस –कसले गरेका छन् भनि समाजमा नियाल्दा नारी को दमन नारी बाटै भएको पाइन्छ ।
समाजमा हुने गरेका कैयौँ रोचक घटनालाई केलाएर हेर्ने हो भने ,समाजमा पुरुषको जीवनलाई सहि तरिका र सहि बाटो देखाउने पनि नारी नै हुन् । छोटकरीमा भन्नु पर्दा पुरुषको जीवन सपार्ने या बिगार्ने नारी कै हातमा हुने गर्दछ । सर –संगत को कुलत मा फसेको पुरुषलाई आफ्नो माया एवं आँसुको बल ले सच्चा बाटो देखाउन सफल हुन्छिन् ,भने अर्को तर्फ एक सच्चा इमानदार पुरुषलाई पनि कु प्याए सेवन र गलत व्यवहार मा फसिन बाध्य बनाऊ छिन । भन्ने गरिन्छ ,नारी जात मा एक पुरुष बनाउन आमालाई बीस बर्ष लाग्छ भने ,अर्को तर्फ एक गलत नारीले एक दिनमै कु पुरुष बनाई दिन्छिन् ।
वास्तवमा आजको समाजमा पहिले जस्तो पुरुष बाट नारीमाथि अत्याचार हुने गरेको कमै पाइन्छ । जुवारी जस्ता लोकगीत गाएर पुरुष र महिला एक आपसमा आकर्षित भै गरेका कैयौँ गल्तीले उनीहरू आफ्नो जीवनको साथै बल बच्चाको भविष्य समेत बिगारी समाजमा एक कालो दाग लगाई छाड्ने गरिन्थ्यो । यस्तो अवस्थामा समाजले फैसला सुनाउँदा प्राय : नारीहरू नै अन्याय मा पर्दथे । तर आज संसार ले एक काँचुली फेरी सकेको छ ।
आजका नारी जहाज यान चलाई आकाश मा स्वतन्त्र घुम्न सफल भइ सकेका छन् । आफ्नै खुट्टो मा उभिएर सिंगो संसार हेर्ने गर्दछन , भने अर्को तर्फ सामाजिक अन्ध विश्वास ले चुल्हो चम्कोमा नारीहरू सासू बुहारी को रूपमा लडी रहेका छन् । आफ्नो हक र नारी विकास को निम्ति हतियार बोकी सकेका नारी अर्को तर्फ सामाजिक अन्ध विश्वास ले सासू बुहारी को रूप मा डाडु-पनियोसँग लडिरहेका छन् ।
आज बिस्व ले २० औ शताब्दी पर गरि २१औं शताब्दीमा खुट्टा हाली सकेको छ । तर हाम्रो समाज २१औं तिर नलागी १९औं तिर खस्कँदै गएको छ । वास्तव मा हेर्ने हो भने आजको समाज शिक्षित भएर पनि रूढी बाजी प्रथा सँग अल्झिरहेको छ । हुनेखानेले गरेको देखा सिकी नहुने ले पनि देखाउनु पर्ने बाध्यता ले समाज झन् जटिल हुँदै गइरहेको छ । तँ भन्दा म के कम भन्ने होडमा आज को समाज नाङगिदै गएको छ । बनाउने भन्दा देखाउने होड मा अनेकौँ सामाजिक कर्ण धारहरू विदेशीको गुलामी बनेर बस्न बाध्य भएका छन् ।

वास्तविकताको खोजमा आज का समाज सुधारक हरू आँखा छल्दै आइरहेका छन् । हालको परिमार्जित नेपाल मा पनि कैयौँ सर संगठनहरु छन् । उनीहरू ले समाजलाई के गरिरहेका छन् त ? यसको जबाफ सायद कसैसँग होला । वास्तव मा भन्दा “बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खुर्पाको बिड” भने झैँ यी सर –संगठन हरू उचित र सहि तरिका बाट संचालन हुन सकेका छैनन् । समाजलाई झन् जकडिरहेका छन् ।
समाज को प्रमुख अंग मध्य एक अंग नारी हो । नारीकै आधारमा सिंगो घर र सुनौलो संसार को परिकल्पना गर्न सकिन्छ । जब नारीहरू सासू बुहारी को रूप मा मिल्छन् ,उनीहरू मा आफ्नो पनको झलक देख्न पाइन्छ । दिन बित्दै जान्छ ,अनि एक आफस मा अनेकौँ कुरा खोल्ने गर्छन् । एक अर्का मा आन्तरिक कुरा खुल्छन्, फेरी एक आपसमा झगडा गर्न थाल्छन् । यसको असर दुई नारीमा मात्रै सीमित नभई घरमा भएका सबै परिवारमा पर्न थाल्छ । खास गरि प्रदेश मा बस्ने पुरुषलाई । नेपाल जस्तो गरिब मुलुकमा बेरोजगारी को समस्याले कैयौँ, युवा पुरुष प्रदेशमा बस्न बाध्य भएका छन् । उमेर बढ्दै जाँदा उनीहरू विवाह बन्धन मा बाँधिन पुग्छन् । प्रदेशका कैयौँ समस्या र घरको हेर विचार को लागि नव विवाहिता श्रीमतीलाई आमाको जिम्मा र आफ्नो घरको मन मर्यादा को जिम्मा श्री मति लाई दिँदै प्रदेश तिर हिँड्ने गर्दछन ।
मनोवैज्ञानिक को भनाइ अनुसार पुरुषमा भन्दा नारीमा एक अर्का माथि संका र रिस गर्ने बानी बडी हुने गर्दछ । यसै कारण या अनेकौँ परिस्थिति ले सासू –बुहारी एक अर्का सँग मिलेर बस्न सक्दैनन् ,र अनेकौँ पक्ष विपक्ष हो पत्र लेखि विदेश तिर पठाउने गर्दछन वास्तव मा भन्ने हो भने उनि हरू को कारण विदेश मा बस्ने पुरुष पनि दिन प्रति दिन एक्लो पन महसुस गर्दै मन सान्ती को लागि कु-प्याए हरू सेवन गर्न थाल्छन् । आफ्नो –आफ्नो टक्कर मा पठाएका चिठ्ठी पत्रहरूले प्रदेश बस्ने पुरुषलाई आफ्नै भविष्य को फैसला गर्न मुस्किल पर्दछ ।
प्रदेश को नियम कानुन, कामको बोझ र घरको रुष्टताले कैयौँ परदेशी हरू आफ्नै जिन्दगी देखि बिलिन हुँदै गइरहेका उदाहरण हरू समाज मा प्रस्ट देख्न सकिन्छ ।
जब नारी को विवाह हुन्छ , उचित मन मर्यादा सँग घरको लक्ष्मीको रूप मा भित्र्याइन्छ । त्यस पछि नारी बुहारीको रूपमा चिनिन्छिन् । नारी लाई जीवन मा सबै भन्दा अप्ठेरा दिनहरू पनि यही बुहारी जीवन मा पर्दछ । यी दिन हरू मा नारी ले आफ्नो जीवन र भविष्य प्रति कैयौँ सुख दुख र मन मर्यादा सँग जुध्नु पर्दछ । नारीको गहना मध्य सबै भन्दा महत्व पूर्ण गहना नारीकै लाज सरम हो । यसै मा नारी सम्मानित हुने गर्छिन् ,र समाज मा उचित मन मर्यादा पाउने गर्छिन् ।
जीवन को चौथाई उमेर काट्दा अचानक बदलिन गएको जीवन नै नारीको जीवन को सुरुवात मानिन्छ । सासू ससुरा को रूप मा मिलेका बाबु आमा र जेठाजु-देवर –नन्द –अमाजु को रूप मा मिलेका दाजुभाइ दिदी बहिनी सँग घुलमिल हुँदै आफ्नो र पति को घर संसार को रचना गर्छिन् । यस अवस्था मा नारी सचेत र सहन सिल हुनु पर्दछ गाउँ समाज मा हुने अन्धविश्वासको धुवाँले नव विवाहित नारीलाई पनि धमिल्याउन सक्छ । रुष्ट नारीहरूको कुरा काट्ने बानी नै समाजको सबै भन्दा नराम्रो र असभ्य कुरा हो । यिनै को कारण नै एक स्वच्छ घर बिग्रिन जान्छ र समाज धमिलि रहन्छ ।
यस कुरामा सासू बुहारी दुवै सचेत हुनु पर्छ । जसले गर्दा बाहिरी कुरा बाट घर बिग्रिन बाट बच्ने गर्दछ । यो समयमा नव विवाहिता नारी भन्दा महत्पूर्ण भूमिका सासू को रहन्छ । बच्पन मा अर्कै समाज को तौर तारिकामा हुर्केकी नारी यस समाजमा घुलमिल हुन सक्छिन् कि सक्दिनन् भनि पुरा ध्यान दिनु र सिकाउनु पर्ने हुन्छ । आमा बाबु को ममताको कारण उस नारी मा कुनै कमी कमजोरी हरू भए , आफ्नो घरको मन मर्यादा र समाज को तौर तरिका सिकाउनु नै सासू को मुख्य कर्तव्य हो । घर गृहस्थीमा हुने स-साना गल्ती हरू माफ गर्दै उनीहरू मा भएको कुनै अज्ञानीता लाई जानकारी दिलाउँदै आफ्नै छोरा को भविष्यमा नयाँ किरण को उदय गराउनु नै सासू को भूमिका र कर्तव्य हुन्छ , भने बुहारी ले पनि मान्य जन को मान गर्दै सो कुरामा बिषेस ध्यान दिनु पर्ने हुन्छ ।
अझ पनि नारीको बुहारी अवस्था को कर्तव्य पुरा भई सकेको हुँदैन । आफ्नो अनुशासन र सदभाबना ले घर परिवार को मन जित्न सफल भए पनि , अझ अर्को जिम्मेवारी उनि माथि थपिन आउँछ । जीवन साथीको रूपमा मिलेको पतिको स्वभाव र लगनको पनि बराबर ख्याल गर्दै जानु पर्ने हुन्छ । आफ्नो पतिमा खराब आचरण हरू त छैनन् ? जुवा –तास ,या अन्य कुनै कु-प्याए सेवन , कु संगत आदि इत्यादि । यी सबै कुरा हरू पुरुष का कमजोरी हरू हुन् । यदी ती नारी शिक्षित र सहन सिल छन् भने आफ्नो पति को यी सबै खराब आचरण हरू सजिलै छुटाउन सक्छिन् । हाम्रो समाज मा हुने अभद्र व्यवहार को जड नै जुवा तास र रक्सि सेवन हो । यदी ती नारी आफ्नो धर्यता मा कमजोरी छन् भने पुरुष मान्छे यी व्यवहारमा फसिन सक्छ । दिन भरि मेला पात या अन्य कुनै काम को सिलसिलामा गाउँ फेरा या देश परदेश घुमिरहेको हुन्छ । काम को बोझ र मानसिक तनावबाट पीडित पुरुष , आफ्नो सबै भन्दा प्यारो साथी पत्नी माथि आश्रित हुन पुग्छ । यस्तो अवस्था मा नारी को हौसला र माया प्रेम नै पुरुष को आधार हो यदी पुरुष यी कुरा बाट बन्चित हुन पुगेमा आफ्नो तनाव कम गर्न रक्सि सेवन र घर बाट टाढा –टाढा रहने गर्दछ ।
आफ्नो छोरीहरूको बिदाइ पछि बुहारी को रूप मा छोरी पाउने सासू को सौभाग्य हो , चाए जस्तो सुकै परिस्थिति मा लक्ष्मीको रूप मा आएकी बुहारीलाई उचित स्वागतका साथ भित्राउँदै नयाँ गृहस्थी र नारीको नयाँ जीवन को लागि आशीर्वाद दिनु पर्छ । अर्कै परिवार बाट आफ्नो परिवार मा आएकी नारी लाई उचित हौसला दिँदै , आफ्नो घरको मानमर्यादाहरू सिकाउनु पर्दछ । सुरु मा त उनीहरूमा सासू बुहारीको नाता भन्दा नारीत्व को नाताले नजिक तान्ने गर्दछ । जहाँ शिक्षित समाज छ ,त्यहाँ सासू बुहारी सँगिनी को रूपमा देखा पर्छन् जसरी दिन हरू बित्दै जान्छन् , उसरी नै सासूले आफ्ना बुहारी जीवनका कैयौँ रोचक कुराहरू बुहारी लाई सुनाउने गर्छिन् र आफ्नो छोरामा भयका कमी र स्वभाव बुहारी लाई बताउँदै यस को समाधान पनि बुहारी बाटै पाउने आशा राख्छिन् .यस्तो समधुर सम्बन्ध वरपरका अरू नारीहरूलाई जलन सिल हुन्छ । तिनिहरू ले जसरी हुन्छ ती दुई सासू –बुहारीमा फाटो पर्ने कोसिस गर्दछन् । यस्तो समय मा सासू बुहारी सचेत हुनु पर्छ र बाहिरि कुराको भन्दा घर परिवार को बढी ध्यान दिनु पर्दछ ।
हाम्रो समाज को रीति या घर परिवारको परिस्थिति को कारण नारी ले घरको काम समाल्ने काम गर्छन् भने पुरुष ले घर भन्दा बाहिर या देश परदेशमा काम गर्ने गर्छन् । वास्तव मा भन्ने हो भने गृहस्थी समाल्ने जिम्मेवारी नारी ले नै लिने गर्छन् । यस लाई बुहारी ले कुनै वध्यता नसम्झी घरमा आइपर्ने हरेक सुख दुख का परिस्थिति लाई आत्मसाथ गर्दै घर परिवारलाई पुरा सहयोग गर्ने कोसिस गर्नु पर्दछ । जसले गर्दा भविष्यमा अरू समस्या हरू सजिलै हल गर्न सकिन्छ यसरी सासू –बुहारी को नाता बाट नारी ले पुरुषको जीवन मा मुख्य भूमिका निभाई रहेका हुन्छन् ।
प्राकृतिक कै नियम अनुसार जब बुहारी गर्भावस्थामा हुन्छिन् , उन को सबै भन्दा नजिक को साथी नै सासू हुन् यस्तो अवस्थामा हुने सबै समस्या हरू प्राण घातक हुन्छन् यस अवस्थामा सासू बुहारी मा घनिष्ठ सम्बन्ध हुनु अति आवश्यक हुन्छ । सासू ले पनि पुरा हेर विचार गर्नु पर्दछ । बच्चा जन्मि सकेपछि पनि सासू – बुहारी को सम्बन्धले बच्चा माथि ठूलो प्रभाव परिरहेको हुन्छ । समाज र घरेलु समस्याले गर्दा बच्चा पुरा परिपक्व नहुँदै अनेकौँ काम को बोझ बच्चा को आमाले उठाउनु पर्ने हुन्छ, यस अवस्था मा नाति /नातिनी को रूपमा रहेको बच्चा को हेरविचार (सासू) हजुर आमा को रूप मा रहेकी नारी को रहन्छ । यश अवस्थामा बच्चाको पुरा ख्याल गर्न नसके , बच्चा सुस्त मनस्थिति वा अन्य कुनै संघिन रोग को सिकार हुन् पुग्छन् । , कदम कदाचित् अप्रिय दुर्घटना मा परि जिन्दगी भरको अपांग बन्न पुग्छन् ।
सामाजिक अन्धविश्वास ले गर्दा सासू –बुहारी मा हुने कल झगडा ले बच्चा माथि भविष्यकै लागि ठूलो असर परि रहेको हुन्छ । हाम्रै समाज मा घटेका कैयौँ घटना का उदाहरण हरू , मानसिक कमजोर ,लुलो लँगडा पनि यसै कारण हुने गर्दछन । तर यस समाज ले उस बच्चा माथि सहानुभूति दिनु को सट्टा काल्पनिक भगवान लाई दोष दिँदै उस बच्चा माथि अभद्र व्यवहार गर्ने गर्दछ ।
यसरी मनुष्यको पैदावार देखि मृत्यु सम्म नारीको बिसेष भूमिका रहन्छ । तर मानवीय नाता मा हर किसिम को नाता भन्दा सास-बुहारीको नाता धरै कमजोर मानिन्छ । जसले गर्दा एक घर मात्रै होइन सिंगो समाज नै धमिलि रहेको छ .ता पनि हरेक सासू- बुहारीहरू, सासू-बुहारी को रूप छोडी आमा छोरीको भूमिका निभाएमा परिवार मा रहेका सबै परिवारको मिलेमतो बडीरह्न्छ । र परिवार मा आइ पर्ने कठिन भन्दा कठिन समस्या सजिलै टर्न सक्छ । एक परिवार , दुई परिवार गर्दै समाज मा हर परिवार सचेत भएमा नारीले आफ्नै व्यवहार बाट उठाउन पर्ने दुख टर्ने छ र उज्वल भविष्यको कल्पना गर्न सकिन्छ । यसरी नारीको सासू-बुहारी को सम्बन्धले समाजलाई ठूलो प्रभाव परिरहेको हुन्छ ।
हरि प्रसाद तिवारी –साउदी अरबिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *