राजन प्रसाद घिमिरे 'जेष्ठ रोहित'

हाइकु

केही हाइकु
……………….
१.
जलमग्न होस्
डुबानको रहर
वर्षाको बाढी

२.
कर्म त्यागेपछि
मिठो फलाहार
तृप्त छ मान्छे

३.
सबै सुन्दर छन्
श्रृङ्गार सक्कली
कालो हृदय

४.
आचार फेरेन
तृप्त हुन नसक्ने
भोको पेट

५.
आँखा चिम्लेर
मनको स्पर्श गर्छ
भुत्ते खुकुरी

६.
रमाइलो आशा
प्रेमको बन्धन
भौतिक दुरी

७.
खै चलायमान
रोकियो ठप्प
छ लकडाउन

८.
व्यापार छैन
घरमै छ बाँस
करको चिन्तन

९.
दायित्व बोध
आशा हजार छन्
कर्मको शून्यता

१०.
नयाँ नियुक्ति
हरेस खाएर
निवृत्त जीवन

११.
कोराना कहर
जनताका पिडामा
कमाउ दाउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रवास र अनुभव

लहडको बालपन त्यहीँ बित्यो माटोसँगै रमाई
प्रकृतिसँगै खेल्दै लुकामारी किशोरवय बिताई
सप्त सिन्धु कयौं योजन पारी कर्मले डोर्‍यायो
गन्ध मिठो थ्यो आफ्नै भूमिको भाग्यले छुटायो

सुखमा भुले नि सबै त्यागे पनि झनझनै पर पर
प्रवासमा जिउनेलाई सोध है देश माटाको प्यार
दुख्दछ कति कति पीडा हुन्छ झनै प्रवासीलाई
थाकेको बेला खोज्दा काहाँ पाउँछ प्रियसीलाई

कसरी याद नआउला है प्यार आफ्नी आमाको ?
कसरी याद नआउला आफ्नो यो जन्मभूमिको ?
गन्ध त्यो सुगन्ध माटाको नै को बिर्सन सक्छ र ?
दुःखमा कस्ले दिन्छ प्रवासमा माया आमा सरह

२०७७/०३/३ गते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सानेको सानो व्यापार छ है

गाह्रो साह्रो उधारो चलेको चलन छ है रीति
पालो पैँचो मिलेमतो छ गज्जबको संस्कृति
भावनामा साने दिवास्वप्नमा रमेको छ अति
सानेको सानो व्यापार छ है त्यसैमा समृद्धि

जो जसलाई जे जे चाहियो उधारोमा लग्यो
मस्तको व्यापार छ साने समृद्धि अब जाग्यो
टन्नै खान पुग्दछ भन्छ गर्न मनोरञ्जन पनि
सानेको सानो व्यापार छ है उ खुसीसुखी नि

जम्मै पार्दछ थरी थरीका सामान नौला नौलो
देख्छ साने भविष्यमा उस्को व्यापार सुनौलो
ढाक्रे लगाउँदछ बोक्न सामान खोजी खोजी
सानेको सानो व्यापार छ है मस्तको जिन्दगी

२०७७/०३/३ गते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रिया

बोल्ने इच्छा झटपट भयो, साथ खोज्छु म तिम्रो
किन एक्लोपन हुन गयो, दिक्क लाग्दैछ कस्तो
कोरोनाको कहर बढ्यो बढ्दै त्रासमैं मानिस छन्
सारा हाँस्दा खै अभयसित पोल्छ छाती झन झन

टिलपिल भो आँखामा अश्रु याद आयो सतायो
प्रिया तिम्रो नजिक हुन खै! कस्तो बार लगायो
प्रिया कैल्यै छटपटी नहोस्,शान्ति छाओस् तिमीमा
आशा गर्छु मुसुमुसु खुसी, कान्ति छाओस् तिमीमा

धैर्यता राखेर मनभरी हृदयमा खुसी अपार भर
कर्मै भोग्दैछौं यस्तो जे लेखिएको छ भोग्दै गर
साथी हाँस्छन् खितखित सधैँ साथ मिल्ने सबैको
प्रिया समिप नहुँदा किन यो स्वाद खल्लो भएको

प्रिया झट्टै सब बुझ तिमी, हुन्न सोचेर मात्रै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रम र जीवन

श्रम मेरो अथक मूल्य तोक्दछ अर्कैले यहाँ
कर्म मेरो भाग्य उस्तै अर्कैको खुल्दछ यहाँ
न पाए श्रमको मूल्य न बुझ्दछ श्रम महिमा
न जाग्यो उर्जा श्रमजिवीमा न आयो चेतना

श्रम गर फलको आशा नगर भन्दै हुर्कियौं
श्रमै लाग्छ मिठो श्रमका मिठा फल खायौं
श्रमको मर्म महत्व ठुलो बुझ्ने खै मालिक
श्रमै हो उर्जा जगाउने उजेलो सूर्यकै सरह

कोही भन्छन् कर्म गर फलको आस त्याग
कोही भन्छन् छोड सबै कर्मको नै पान गर
श्रम दुःख होइन यस्को मूल्य महिमा छ ठुलो
श्रम के हो खै ? श्रम गर्नु भनेको कर्मै गर्नु हो

कर्म गर्नु दुःख हो भने श्रमको अर्थ दुःख हो ?
सार्थक गर्दा कर्म श्रमले उचाई पाउँदछ त्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आफ्नै लाग्दैछ प्यारो

कोही छैनन् मर्म बुझ्ने कतै कतै आफ्नै भन्ने त कतै
कोही छैनन् कर्म बुझ्ने कतै आज खान भन्ने त यतै
मेरो देशको सद्भाव करुणा सामिप्यता जो थियो
आफ्नै लाग्दैछ प्यारो हिम चुचुरा नभन्नु है बिर्सियो

फक्रदै फुल्छ हराभरा मनमा लालित्यको जिन्दगी
निस्की हिम पहाडबाट सिंचित गर्छिन् सरिता बगी
आएरै यतैछु प्रदेशमा कर्म थलो यहीँ नै बन्यो मेरो
आफ्नै लाग्दैछ प्यारो फाँट हरिया नभन्नु है बिर्सियो

समथल छ मधेश फाँट हरिया पहाडका वनजङ्गल
हिम चुचुरा छन् उत्तरैबाट बग्दछिन् सरिता कलकल
रसिलो त्यो जल सम्झे सम्झन्छु बालपन जो बित्यो
आफ्नै लाग्दैछ प्यारो साह्रै समाज नभन्नु है बिर्सियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
VideoCapture_20190713-091220

डुबानको अनुभव

वर्षा बर्सन्छ झरझर यो मनमा चिसो पस्दछ
डुब्दछ कि यो कर्मथलो रौतहट त्रासै जाग्दछ
डुबेको भोगेको छु दुःख, जलमग्न देखेको छु
कर्मको आशा भत्केको पीडा कष्ट भेटेको छु

न नाघेर जान सकिने न फड्केरै तर्न सकिने
कस्तो भाग्य विचित्र न टारेर पर सार्न सकेने
प्रवाह जलको मन्द मन्द सतह बढ्दै गएपछि
डुब्यो डुब्ने भो बसेथे जन शिरमै हात राखी

असार मास हर्षले किसान खुसी हुने समय हो
डुबानको साह्रो कहरले सातो लान्छ रौतहटको
डुब्छ घर एक तला डुब्छ सारा सामान जे छन्
डुबान भो भाग्य पिडा वर्षपिच्छे वर्षातमा झन

सारा डुब्दछ बोट वृक्ष बुट्यान सरी नै लाग्दछ
सिन्धुझैं जलमग्न देखेर सातोपुत्लो नै भाग्दछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विजय हाँसिल गर्नु छ

जितको खोजिमा छ मानिस खोज्दै सारा बचाउन
विकल्प खोजिमा छ मानिस खुलोस् है लकडाउन
सहेरै बसे निर्माताहरू बेकाम भोकै भई घर घरमा
ठप्प हुँदा व्यापार उद्योग छ शून्यता साह्रो सहरमा

राज्यकै आशा गर्छन् निर्माता कामको खोजीमा छन्
खल्ती रित्तो रित्तो भयो जनता स्रोतको खोजीमा छन्
सहज छैन जनमा बन्दाबन्दीको बिकल्प खोजौं अब
पीडा छ नागरिकमा कसरी भोक सहेर बस्दछन् सब

राहत माग्न छाडे भन्दैछन् कर्मशील वातावरण देऊ
भन्दैछन् तिर्छु कर राजश्व उद्यमशिलता बढाइ देऊ
कर्मवीरका पाखुरी खियाउने कर्मशाला बनाइ देऊ
दायित्व राज्यको अभिभावकत्व संरक्षकत्वको लेऊ

नागरिक अधिकार कुण्ठित नगरि देऊ है सुशासन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीर म

प्राण वायू हुँ म वीर पुत्र मनोहर यो देशको
उन्नति पथमा सदा लाग्ने मेरो ठुलो जमर्को
लाग्छु म सेवामा यही देशको सदा उन्नति गर्न
बनाउछु छाति ढाल म यस्को सदा रक्षा गर्न

प्यारो लाग्छ प्राणभन्दा यही मेरो देश नेपाल
यही देशमा सुनिन्छ मधुर नदीको कलकल
वीर हुँ म एक नेपाली सपूत सच्चा राष्ट्र भक्त
लोभ लालच जे जति दिएपनि हुन्न है आशक्त

मेरै देश सुन्दर राम्रो अति मेरै जन्मभूमी
उन्नति गर्न यही बनाउँछु विकासको रणभूमी
सौभाग्य पाए म जन्मी नेपाल माताको कोखमा
वीर हुँ म एक राष्ट्र भक्त शोक बदल्छु शक्तिमा

मेरो नेपाल रहेसम्म रहन्छ मेरो यो ढुकढुकी
यही देश नरहे हुन्छ बढो ठुलो दुर्गति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वसन्त

हरियाली हरियाली वसन्तमा सबतिर देखियो
मरो मन मन्दिरमा वसन्तको संरचना लेखियो
राम्रो कति भयो अधिक सुन्दर त्यो मोहक प्रकृति
आयो पालुवा वृक्ष वृक्षमा छायो नविन जागृति

ल्यायो मेरो मनभरी वसन्तले आनन्द नै आनन्द
कुहुकुहु कोहिली भाकाले पार्छ त्यो वनै पवित्र
चारैतिरबाट वसन्तले मेरै गर्छ सदा स्वागत
अहो अहो वसन्तको कस्तो रम्य सुन्दर सजावट

दुलहीँझैं सिँगारिएर वसन्तले गर्छ मेरो स्वागत
डाँफे मूनाल नाचेर गर्छन् वसन्तको बोलावट
प्रकृतिले जादु देखायो मनोहर वसन्त यो ल्याएर
पाखा पखेरा सबतिर हरियाली कन्दरा बनाएर

कस्तो मोहकारी रुप आयो धर्तीमा यो मृदुल
कान्तिमय कला प्रकृतिको कति वक्ष छ शितल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरूवा

सरूवा हुनु पनि चक्र हो जुन नियमै छ चल
कर्म क्षेत्र फेरियो अब लौ बस्न नगर्नु है बल
छाडी आफ्नो कर्म कृति जो भए है समर्पित
बस्दा जे भो तितो नमिठो त्यागेर है जान्छु सब

जे गरे गरे राम्रोसँगै पूरा है दायित्व आफ्नो सब
कर्मशील बने बनिरहे सेवा गर्न हरेक पल पल
नपहिले भेटिएको न कतै अघि देखिएको झट्ट
बस्दा जे भो मित्रजन हो संगाली है जान्छु सब

दायित्वबाट नपन्छिए सदा रहे कर्ममा निर्भीक
छर्न खोजे खोजिरहे चेतना मित्र हो सबै सिक
चक्का हो समयको घुमिरहन्छ है निरन्तर बुझ
बस्दा जे भो अनुभव त्यो लिएरै है जान्छु सब

दुखेसो गुनासो जे छ प्रकट गर्नु है जे छ स्पष्ट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आँखा छोप्दै अंगालोले बाँधेको,कति साह्रो है तिमीले

आँखा छोप्दै अंगालोले बाँधेको,कति साह्रो है तिमीले
ओठ टोक्दै मुस्काइ डाकेको, कति साह्रो है तिमीले ॥१॥

प्रिय व्यस्त छु फुर्सद छैन मैंले भन्दा भन्दै नि तर
फूलैफूलको बगैंचामा डाकेको, कति साह्रो तिमीले ॥२॥

एकान्तमा नै भेट गर्न बस्छ्यौ पर्खिएर किन प्रिय
मेरै मार्ग हेर्दै ट्याक्सी राखेको, कति साह्रो है तिमीले॥३॥

रोम रोममा उमङ्ग देख्छु देख्दछु तिर्खाएको झन
प्यास मेट्न खोज्दै कति समाको, कति साह्रो है तिमीले॥४॥

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ

गाउँछु भन्थ्यौ तर गीत चौतारीमा गाएनौ
आउँछु भन्थ्यौ तर आज सपनीमा आएनौ

प्रित फूलेको छ भन्थ्यौ दिलभित्रै फक्रिएर
लाउँछु भन्थ्यौ तर माया मजेरीमा लाएनौ

मुस्कान् छाडै लठ्ठ पार्यौ भए नशामा झुलेंझैं
छाउँछु भन्थ्यौ तर मेरो जिन्दगीमा छाएनौ

देखेझैं भयो नयन उघारी सपनाहरू सारा
पाउँछु भन्थ्यौ तर साथ यो जुनीमा पाएनौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूरा गरेनन्

दायित्व न सम्झे गर्नुपर्ने त सेवा नै पूरा गरेनन्
नियम न माने गर्नुपर्ने त दायित्व पुरा गरेनन्

जनता सडकमै मर्न लागेका छन् है भोकभोकै
भोजन न दिए गर्नुपर्ने पूण्य काम पुरा गरेनन्

भए भ्रष्ट नेताजी मस्त जनता दुःखमा हेर भन्छन्
कसमै खाए खै गर्नुपर्ने समर्पण पूरा गरेनन्

न छर्न सके चेतना न जगाउन सके जागरण
मेरै राम्रा आफ्ना मान्छे भनि रहे वाचा पूरा गरेनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कर्म थलोमा नजान पाउले म कसोरी सकुँला

कर्म थलोमा नजान पाउले म कसोरी सकुँला
निष्कर्म भाव शून्य मनमा म कसोरी राखुँला

चेत छ मष्तिस्कमा अनुभव नै धेरथोर् जे छ
लक्ष्य भेद गर्न नसक्ने व्याधा म कसोरी बनुँला

समयचक्र उस्तै लौ निष्कर्ममा छ यो दुँनिया
आय गुमेको छ आँखै छोपी म कसोरी बसुँला

छोराछोरी रून्छन् सकल नागरिक सरकार
ग्रस्त छ कहर बढ्दो भन्छन् म कसोरी बाचुँला

दायित्व नभुल्दछु नपन्छिए जिम्मेवारीबाट
सेवा जनताले नपाए खै म कसोरी हासुँला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म झुकेको न सम्झ म फुकेक‍ो नसम्झ

म झुकेको न सम्झ म फुकेक‍ो नसम्झ
खोज्दैछु कर्म गर्न म सुतेको नसम्झ

दायित्व के हो बुझ्छु इमानदार छु म
कर्म गर्दछु आफ्नो म झुकेको नसम्झ

इमान धर्म सम्झी दायित्व पूरा गर्न
प्रयासरत छु है म लुटेको नसम्झ

न मूल्य पाउछ यो वाणी सम्मानै मेरो
अमूल्य वाणी बोल्छु म कुटेको नसम्झ

सानोमा सानो कर्मको आह्वान गर्दछु
कर्म खोज्दछु गर्न म फुटेको न सम्झ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

किन किन यो

कोराना जित्दैछन् मान्छे किन किन यो जोश जाँगरै हराछ
कोराना जित्दैछन् मान्छे किन किन यो कहरै बर्सी राछ
कोराना जित्दैछन् मान्छे किन किन यो दुनिँया तर्सी राछ
कोराना जित्दैछन् मान्छे किन किन यो मानिस लगी राछ

निक्कै लाग्दो छ डर नै किन किन यो मानिस बुझ्दै बुझ्दैनन्
निक्कै लाग्दो छ भर नै किन किन यो निको नै हुँदै हुँदैनन्
निक्कै लाग्दो छ त्रास नै किन किन यो निकास देख्दै देखिन्नन्
निक्कै लाग्दो छ कर नै किन किन यो नियम मान्दै मान्दैनन्

साह्रै जाग्दो छ कहर किन किन यो संक्रमण छायो झन
साह्रै जाग्दो खै चेतना किन किन यो समाजमा फैलिएनन्
साह्रै जाग्दो छ समय किन किन यो ओखती नै भेटिएनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सेवा निवृत

कर्मै गरियो सेवा प्रवाह दिन् दिनै देश जनताको
उर्जाशीलै समय बितेर गयो भन्छन् पेन्सन पाको
प्रवेश गर्दा सेवा नियुक्ति नयाँ लिँदा त्यो बखतमा
धैर्यता एकै छिन् नराखी लाग्दथे सदा सदा सेवामा

आफ्ना सिप ज्ञान क्षमता जति सबै लगाइ कर्ममा
सेवा नै धर्म हो भन्दै भए तत्पर जनताको सेवामा
सेवा प्रवाह नदीसरी अति सफा कञ्चन भएर गरें
नगरें स्वार्थ पूर्ती कुनै सबै सबै पारदर्शी भई गरें

काम गर्ने जोस जाँगर् नव युवा पीढिमा बढी हुने
उर्जा त्यो जोश खेर जान नदिइ लौ सेवामै रमाउने
हो जागिर यो गाँस बास कपास लौ भोकै मेटाउने
पक्कै हो कर्म मोर्चा बलियो चट्टान पहाड फुटाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोराना अनुभूति

गम्भीरै छ अवस्था मुलुकको आम जनता दुःखमा छन्
प्रवाहै सेवा विकास निर्माणको गति निरासाजनक झन्
बढ्दो छ संशय लिएर भविष्यको खोजे मार्ग देखिन्दैन
चिन्ता व्यक्त गरेर कर्म नगरी जन जिविका त चल्दैन

खाँचो छ सुधारको अनुभूति आभास त्यो गहिरो नै छ
साँचो नै निकाल चुनौती हटाउने देशको मुहार फेर्नुछ
बोल्नु पर्दछ सबै कर्ममा ओठको भाका सबैका हातले
हुँदै गर्नुछ अझै घनिभूत विकास देशको उठेरै साथले

ग्रस्तै छ अर्थतन्त्र कमजोर राजश्व घट्दो छ महामारीले
चुनौती छन् समस्या आम् मानिसको मनोवल बढाउने
पारेको छ प्रभाव जताततै छन् कर्म सबै ठप्प छ सारा
आएको छ कस्तो निर्मूल नहुने यो कोराना रोग गाढा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुगन्ध बास्ना

फूलेको फूल नराम्रो लाग्ने को छ र जन यहाँ
गालेको सून नलाइ जाने को भेट्छौ जन यहाँ
कोमलै हुन्छ कोपिला फूलको नटिप्ने को छ र ?
किशोर शिर् युवती फूलै नलगाउने को छ र ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •