Skip to content

गम्भीरै छ अवस्था मुलुकको आम जनता दुःखमा छन्
प्रवाहै सेवा विकास निर्माणको गति निरासाजनक झन्
बढ्दो छ संशय लिएर भविष्यको खोजे मार्ग देखिन्दैन
चिन्ता व्यक्त गरेर कर्म नगरी जन जिविका त चल्दैन

खाँचो छ सुधारको अनुभूति आभास त्यो गहिरो नै छ
साँचो नै निकाल चुनौती हटाउने देशको मुहार फेर्नुछ
बोल्नु पर्दछ सबै कर्ममा ओठको भाका सबैका हातले
हुँदै गर्नुछ अझै घनिभूत विकास देशको उठेरै साथले

ग्रस्तै छ अर्थतन्त्र कमजोर राजश्व घट्दो छ महामारीले
चुनौती छन् समस्या आम् मानिसको मनोवल बढाउने
पारेको छ प्रभाव जताततै छन् कर्म सबै ठप्प छ सारा
आएको छ कस्तो निर्मूल नहुने यो कोराना रोग गाढा

हुँदैछ लकडाउन फलामको च्युरा निल्नु न ओकल्नु
घट्दो छ उत्पादकत्व अर्थतन्त्र श्रम कसरी समाल्नु
सामनै गरिरहेछ संसारै परिस्थिति छ प्रतिकुल यो
शून्यझैं लगानी उत्पादन उद्योग छैन खुल्न खै सकेको

उस्तै छ निर्माण सुस्त विकासको छैन मूल फाटेको
भय छ बढ्दो कहरमा भोक भोकै छैन राहत पुगेको
निरपेक्ष बस्छ सरकार भन्छन् संसद बजाउँछ ताली
यथार्थ भोगाइ मन मनै सोचेर बस्दो भए म त खाली

श्रमशक्तिमा आएको ह्रास ऋणको बोझ छ निरन्तर
घट्दो छ रोजगारी छैन गुणस्तर गुणात्मक विस्तार
दलै थ्यो समिपै त बुद्धि बलको अहंकारै ध्वस्त भो
बाँच्दा जीवन खान पान असलै सादा बने बेश हो

गल्या सेखी तिन्को जो भन्थे शक्ति स्वरूप विश्व मैं हुँ
ध्वस्तै भो अभिमान बुद्धि बलको याचना पो सुन्दैछु
को जान्न सक्दछ कालको महिमा प्रकृतिको नै भाषा
प्रेम भाव दया राख्नु सबैमा नहराओस् है मानवता
(२०७७ जेष्ठ १२ र १३ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *