Skip to content

हरियाली हरियाली वसन्तमा सबतिर देखियो
मरो मन मन्दिरमा वसन्तको संरचना लेखियो
राम्रो कति भयो अधिक सुन्दर त्यो मोहक प्रकृति
आयो पालुवा वृक्ष वृक्षमा छायो नविन जागृति

ल्यायो मेरो मनभरी वसन्तले आनन्द नै आनन्द
कुहुकुहु कोहिली भाकाले पार्छ त्यो वनै पवित्र
चारैतिरबाट वसन्तले मेरै गर्छ सदा स्वागत
अहो अहो वसन्तको कस्तो रम्य सुन्दर सजावट

दुलहीँझैं सिँगारिएर वसन्तले गर्छ मेरो स्वागत
डाँफे मूनाल नाचेर गर्छन् वसन्तको बोलावट
प्रकृतिले जादु देखायो मनोहर वसन्त यो ल्याएर
पाखा पखेरा सबतिर हरियाली कन्दरा बनाएर

कस्तो मोहकारी रुप आयो धर्तीमा यो मृदुल
कान्तिमय कला प्रकृतिको कति वक्ष छ शितल
नविन जोश ल्यायो जगतमा बाग हरियो बनाई
कोकिलले गायो वनकुञ्ज भरी पञ्चम मधुराई

कस्तो मोहकारी प्रकृति धर्तिमा वसन्तले गरी
प्रसन्नै सबै छन् यहाँ सुन्दर त्यो छटामा रमी
वनका कुञ्ज कुञ्ज मनोहर वसन्तको कान्तिबाट
त्यहीँ सुन्दरतामा रम्ने छन् यहाँ प्राणी लाखौंलाख

मधुर स्वरको सूरुसँगै त्यो मृदुकण्ठी कोकिलको
नृत्य सर्वस्त्र मनोरञ्जक देखियो सुन्दर मयूरको
मत्यमण्डल आज स्वर्गसरी छ आहा कति राम्रो
सुशोभित छ सबतिर मनोहर धरती यो हाम्रो

२०६३ श्रावण ०७ गते लेखिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *