Skip to content

राजन प्रसाद घिमिरे 'जेष्ठ रोहित'

जलेको दियो

एउटा घरको दियाघरमा दियो
धिपधिप गर्दै जलिरहेको छ
सन्ध्याको प्रतिक,
सूचक बनेर
अविछन्नरुपमा जलिरहेको छ
ऊ आफैंलाई निरन्तर जलाई रहेको छ
के थाहा देख्नेलाई बाहिरी आवरणबाट
उसको त्यो जलाइमा
कति महानता र अनुपमता छ
त्यो उसैलाई थाहा छ
त्यसैले ऊ एकनासले जलिरहेको छ
ऊ चाहन्छ
दुईचार जोडी सलेदोको साथ
अरु वर्तन थपेर जल्नलाई…
त्यसैल उसको चाहना छ
त्यो जलाई अन्तिम पटक होस्
उसको जलाइबाट शान्तिका किरणहरु
प्रसारित होस्
ऊ अझैं अन्तिम पटक जल्न तयार छ
त्यसैले त ऊ फेरी पनि
मसालसरी भएर
अन्तिम पटक जल्नथालेको छ
यो जलाइमा उसलाई
रत्तिभर पश्चाताप छैन
आफ्नो जलाइले ब्रामण्डलाई नै

चोखो हाम्रो पिरतीमा बादलू छाँया परेको छ

चोखो हाम्रो पिरतीमा बादलू छाँया परेको छ
वाचा त्यागी तिमी जाँदा नीरका धारा झरेको छ।।१।।

हेर रोहित गरिब छौ मैंले सुख पाउँदिन भनि
कस्तो पेलेर भनी गयौ आज मन गलेको छ।।२।।

मलाई छाडी अंगालेर पराई सँगै गएपनि
यसो आउँदा पस्नु झुपडीले स्वागत गरेको छ।।३।।

मेरो खरको छानो छ तिम्ले रोज्यौ पक्की ढलान
ढिंडोसित सिस्नु खान्छु कस्तो मिठो मन परेको छ।।४।।

आशा पुरै नमार्नु भन्छन् श्वास रहे आश रहन्छ रे
सुक्न लागेको गुलावमा नि पानी हाल्दा सरेको छ।।५।।

ए काली गरेर रिचार्ज म फोन गरुँ

ए काली गरेर रिचार्ज म फोन गरुँ
ए काली कोरेर रिचार्ज म फोन गरुँ।।१।।

भड्किन्छ्यौ की अन्तै भय मनमा लिदै
ए काली किनर रिचार्ज म फोन गरुँ।।२।।

अमूल्य छ पैसा बगाउँछु म जलसरी
ए काली सकेर रिचार्ज म फोन गरुँ।।३।।

खाएर सुत्छ्यौ कि नखाई भोक भोकै
ए काली भरेर रिचार्ज म फोन गरुँ।।४।।

न हुन्छ सम्पर्क के नम्बर चेन्ज भो
ए काली गनेर रिचार्ज म फोन गरुँ।।५।।

किन सर्माएकी सानू पोखे हुन्छ मनका कुरा

किन सर्माएकी सानू पोखे हुन्छ मनका कुरा
किन डराएकी सानू खोले हुन्छ मनका कुरा।।१।।

कति राम्रो नशालू रुप जहरिली भइ नहिड है
किन लजाएकी सानू खोले हुन्छ मनका कुरा।।२।।

प्रणय जाल बुन्यौ अब तिम्रो र मेरो बिचमा
किन टोलाएकी सानू खोसे हुन्छ मनका कुरा।।३।।

संयोग छ मिलनको सँगै काट्यौ सयौं जुनि
किन डराएकी सानू खोले हुन्छ मनका कुरा।।४।।

न छ कि रिस राग त्यो मनमा ठुलै शत्रुताको
किन भराएकी सानू पोले हुन्छ मनका कुरा।।५।।

ह्रदयका चोटहरु केही बिसाएर लेखें गजल

ह्रदयका चोटहरु केही बिसाएर लेखें गजल
तिम्रो मेरो माया दोभान बनाएर लेखें गजल

धेरै भयो तिमीलाई नदेख्दा म आँत्तेको छु
तिमी साथै नभएर रिसाएर लेखें गजल।।

यो मनले कहिलेकांही त नचाहेको गर्नु पर्छ
सारा मनका इच्छाहरू पिसाएर लेखें गजल।।

तिमीसाथमा ओकल्ने त मनै भित्र रह्यो कुरा
त्यसैले त ह्रदय यो चिस्याएर लेखें गजल।।

ढलपल रैछ बैंस कस्तो पोखाएर नहिडे है

ढलपल रैछ बैंस कस्तो पोखाएर नहिडे है
चलपल रैछ बजारमा जोखाएर नहिडे है।।१।।

दुनियाको गिद्दे दृष्टि तिमी माथि पर्दा खेरि,
कलछल गर्लान् नजर कतै ठोकाएर नहिडे है।।२।।

आग्रह

बाल्नु एउटा दीप सबले,अध्यारो त्यो कुनामा
छरोस् नौला ज्योति त्यसले,आफु जल्दै त्यहाँ
छर्छ ताप ज्योति त्यो भानुले,आफु जलेरै पनि
गरौं सेवा जगतमा,मानवको,आफु मरेरै पनि।।१।।
आयौ के लिएर सबले,खालि थिए हाम्रा हातहरु
जान्छौ सब शुन्य हातले , संसारमै छाडी अरु
जानै पर्छ सब जनले,प्राकृतिक लीला त्यो त
बाँचिन्छ हृदयमा जनको,गरे असल कामकाज।।२।।
एक मुठी बचाई अहिले यहाँ सेवा अरुको गरौं
जो छन् जन भोका यहाँ तिन्को पेट सबले भरौं
शोषण अन्याय अनि दासत्वको जरै उखलीकन
लागौं सब सभ्य समाजको, गर्न हामी निर्माण।।३।।
देवीदेवता भनेको यही मनै हो,मनै राक्षस पनि
सोचि विचारी काम गरौं साथी,सबले हर घडी

नरिसाउ भो छैन मैले बिगारेको केही कुरा

नरिसाउ भो छैन मैले बिगारेको केही कुरा
नसताउ भो छैन मैले बिगारेको केही कुरा।।१।।

किन हो कुन्नी खै बोलचाल न’भा धेरै भयो
नतर्साउ भो छैन मैले बिगारेको केही कुरा।।२।।

आशा लाग्छ आउँछौ बोल्छौ भनि समिपमा
नथर्काउ भो छैन मैले बिगारेको केही कुरा।।३।।

राम्रै लाग्छ भने आउ है तिमी बोल दिलबाट
नअत्याउ भो छैन मैले बिगारेको केही कुरा ।।४।।

सताउन साह्रो हुन्छ, सत्य सधै तितो हुन्छ

सताउन साह्रो हुन्छ, सत्य सधै तितो हुन्छ
पत्ताउन गाह्रो हुन्छ, सत्य सधै तितो हुन्छ।।१।।

केही छैन आखिर भाव, मनको मात्र पोखे
उठाउन गाह्रो हुन्छ, सत्य सधै तितो हुन्छ।।२।।

बेकार छ शङ्का गर्नु , लेखे हुँ चोखो मनले
सुनाउन गाह्रो हुन्छ, सत्य सधै तितो हुन्छ।।३।।

गोधुँली यो सितल, साँझमा आयौ काहाँबाट

गोधुँली यो सितल, साँझमा आयौ काहाँबाट
कसलाई सोध्यौ यो, ठेगाना पायौ काहाँबाट।।१।।

आउ है बस पिँडीमा, नै थाकेकी छ्यौ तिमी
कठैबरा! मलाई यहाँ, भेट्न धायौ काहाँबाट।।२।।

फक्रदो यौवन मेरो, रोमान्समा रम्छ भनि
प्रेमजाल बुन्ने तिम्ले, चाल पायौ काहाँबाट।।३।।

यूवतिझैं हरिने, कहिले लाग्छ जिवन

यूवतिझैं हरिने, कहिले लाग्छ जिवन
सेकुवाझैं खरिने, कहिले लाग्छ जिवन।।१।।

बुझ्ने जति रम्छन्, नबुझ्ने रुन्छन् धेरै
नौकासरी तैरिने, कहिले लाग्छ जिवन।।२।।

प्रेमको जग लगाएर प्रगति पथमा बढ्दा
दुबोझैं मौलाउने, कहिले लाग्छ जिवन।।३।।

सबै एकता तोडेर, विखण्डनमा बाँडिदा
चाहाराझैं छरिने, कहिले लाग्छ जिवन।।४।।

सुनाखरी फूलहरु तिम्रो रुपमा फुलेजस्तो

सुनाखरी फूलहरु तिम्रो रुपमा फुलेजस्तो
नजरमा लठ्ठै पार्ने, नशाहरु घुलेजस्तो।।१।।

पूर्णेको जून लाग्छ, तिम्रै शिरको शिरबन्दी
‌औंसी तिम्रो जिवनमा, आउन भुलेजस्तो।।२।।

वसन्तको बहार आज, देख्छु तिम्रै रुपभरी
त्यसैले त तिम्रो यौवन, बगैंचामा फूलेजस्तो।।३।।

रक्तिम ति बिहानीका, लाली चढ्दा किरणहरु
लठ्ठिएरै मस्किएरै, तिम्रै रुपमा घुलेजस्तो।।४।।

खैला बैला भइरहन्छ मनमा कुरा चलिरहन्छ

खैला बैला भइरहन्छ, मनमा कुरा चलिरहन्छ
झोला थैला भरिरहन्छ, मनमा कुरा चलिरहन्छ।।१।।

स्वतन्त्र खसाइमा हुन्न, क्यारे गुरुत्वाकर्षण
थैली थैला भरिरहन्छ, मनमा कुरा चलिरहन्छ।।२।।

ऐनासरी आशा टुटे साथी, टुक्रा टुक्रामा छरिएर
गढी गौडा जलिरहन्छ, मनमा कुरा चलिरहन्छ।।३।।

फूलै फूल दिन्छु भनी

फूलै फूल दिन्छु भनी, भन्नु व्यर्थ रै’छ
सँगै साथ हिँड्छु भनी, भन्नु व्यर्थ रै’छ।।१।।

काँडै काँडामा उनिए म, नछुटिने गरी प्रिय
नयाँ संसार दिन्छु भनी, भन्नु व्यर्थ रै’छ।।२।।

तँ धन्य छस् लौ बाबु जागेर उठ

तँ धन्य छस् लौ बाबु जागेर उठ
तँ धन्य छस् लौ बाबु लागेर उठ ।।१।।

जे गर्छस् साथ छ मेरो सदैव लौ
तँ धन्य छस् लौ बाबु तातेर उठ ।।२।।