Skip to content


फूलेको फूल नराम्रो लाग्ने को छ र जन यहाँ
गालेको सून नलाइ जाने को भेट्छौ जन यहाँ
कोमलै हुन्छ कोपिला फूलको नटिप्ने को छ र ?
किशोर शिर् युवती फूलै नलगाउने को छ र ?

सबैले भन्दछन् सुन्दर कस्तो देखिन्छन् उस्तै नै
लर्केर हिड्दा मसक्क मस्की छाड्दछन् मुस्कानै
के होला चोला यो बेला हेर है देखिन्छन् सुन्दरी
देखेथे उनी फुलिन यो दिल भित्रै भएर मञ्जरी

वसन्त रूपी यो किशोरवय को भुल्न सक्छ र ?
सुरम्य लाग्दा जिस्काउदै भाग्दा को डुल्न जान्छ र ?
भमरो परे तिमी तिरै सरे सम्हाल्छौ घर मेरो ?
सुनौला देख्छु भविष्य तिम्रा नमान अफ्ट्यारो

सुगन्ध बास्ना क्या मिठो भाको लठ्ठायो दिल मेरो
स्पर्श पाउन खोज्दछ कोमल के मान्छौ कि गाह्राे
मनैमा राखे अतृप्त आस्था के हुनेछ खै पूरा ?
थामेका दिन हातले हात भन्छौ पूर्णै सुम्पिउला

(२०७० फाल्गुन २७ गते लेखिएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *