Skip to content

सरकार, खै त संविधान ?


धेरै गरे जनताले, जनतकै गुम्यो ज्यान
निरङ्कुश शत्ता बिरुद्द, जनताको बलिदान
खै त संविधान ? सरकार, खै त संविधान ?
धेरैभो सरकार अब जनता जाग्दै छन्

रगतको खोली बग्यो, बिधुवा रुँदै छन,
देशको लागि छोरो मर्यो, आमा त ज्युँदै छन,
खै त संविधान ? सरकार, खै त संविधान ?
धेरैभो सरकार अब जनता जाग्दै छन्

भोको पेटमा टुरुराले, सास फेर्दै छन,
विकासको भषण गर्ने अँझै टेर्दैनन्
खै त संविधान ? सरकार, खै त संविधान ?
धेरैभो सरकार अब जनता जाग्दै छन्

सत्तको लोभि सरकार, जनता मान्दैनन्,
फोहोरि राजनीति अब जनता जान्दैनन्,
खै त संविधान ? सरकार, खै त संविधान ?
धेरैभो सरकार अब जनता जाग्दै छन्

धेरै कुरे सरकार, अब जनता कुर्दैन्न
सम्विधान चहियो सरकार, जनता माग्दै छन् !
खै त संविधान ? सरकार, खै त संविधान ?
धेरैभो सरकार अब जनता जाग्दै छन्

मझेरीमा पहिलो पटक प्रकाशित – 2012-12-09 15:45:48 +0545

1 thought on “सरकार, खै त संविधान ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *