Skip to content


गरे सुन फल्छ यहाँ,
ढु‌ङ्गा पनि गल्छ यहाँ,
लागि पर्नु पर्छ यहाँ,
माटो आफौ गल्छ यहाँ ।

सबको आस्था ढल्छ यहाँ,
आगोलेझै पोल्छ यहाँ,
कर्म सधैँ बोल्छ यहाँ,
नगर्ने चाहिँ गल्छ यहाँ ।

अघि बड्नु पर्छ यहाँ,
आस्था अघि सर्छ यहाँ,
खडेरि नि पर्छ यहाँ,
तर पानि झर्छ यहाँ ।

परिक्षा सबको हुन्छ यहाँ,
हार्ने चाहिँ रुन्छ यहाँ,
प्रतिस्पर्धा नै रहन्छ यहाँ,
अध्ययन गहन छ यहाँ,

देशले युवा भन्छ यहाँ,
पसिनाको मुल्य हुन्छ यहाँ,
गर्नेको नै दिन् छ यहाँ,
राज्य आफ्नै बन्छ यहाँ,

गरेदेखि हुन्छ यहाँ,
माटोभित्र धन छ यहाँ,
नसुन्नेलेनि सुन्छ यहाँ,
अनि आफ्नै बाटो बुन्छ यहाँ ।

बर्ग कस्को हुन्छ यहाँ,
अल्छि नै थचिन्छ यहाँ,
अर्थ अनेक हुन्छ यहाँ,
गर्नेको नै दिन्छ यहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *