Skip to content

आक्रान्ता थापा

तिमीलाई भुल्न

“के छ खवर ?” सोध्यौ तिमीले,
मैले भनेँ, “ठिकै छ
जिन्दगीका घाउहरू अँझै पनि उस्तै छ
आँसुहरू लुकाएर मुस्कुराउदैछु आजभोलि
तिम्रै यादलाई भुल्ने कोसिस गर्दैछु आजभोलि

जिन्दगीको डुङ्गा

जिन्दगीको डुङ्गा अब सँगै तरौला
सम्झनामा सजाएर तिमीलाई राखुँला
कहिलेकाहीं रिसाउँदा तिमीले मनाउनु
गल्ती हुन्छ मान्छेबाट माफी दि’दिनु

अन्तिम पत्र

साउनको उर्लदो भेलसँगै वगिरहेका त्रिसुलिका भेलहरूसँग साएद आज उनको आसुहरू पनि अन्तिम हुन सक्छ यही सोच्दै छिन उनी । त्यसैले अन्तिम यी पलहरूसँगै वर्सिरहेका मेघहरूसँग रुझ्दै उनी सारा आसुहरू वगाउन चाहन्छिन अनि ती आसुहरूसँग सारा चोटहरू । लाग्छ ती मेघका प्रत्येक थोपाहरू आज उनको लागि अन्तिम हुने छन । साच्चै

प्रेम

प्यारो प्रेम

वसन्तका रंगहरू झै रंगिएका प्रेमहरू जुन मेरा हृदयका प्रत्येक धड्कनहरूसँग धड्किएका छन । एक मिठो सपनी झै । थाहा थियो मेरो हृदयका प्रत्येक धड्कनहरूलाई तिम्रो हृदयका धड्कनमा मेरो लागि कुनै पनि ठाउ छैन भनेर अनि यो पनि थाहा थियो तिम्रो त्यो धड्कन अरु कसैको लागि धड्किन्छ भनेर फेरि पनि मेरा हृदयका प्रत्येक धड्कनहरू तिम्रै निम्ति धड्किएका छन ।

आमा

जब यो धर्तीमा पहिलो पल्ट मेरा आवाज गुन्जिए
आमा तिम्रा आँखाबाट अविरल रुपमा आसुहरू वगेका थिए
कुनै दिन त्यही पीडा मैले पनि महसुस गर्ने छु भनेर
नारीत्वका सारा चोटहरू मैले पनि सहन गर्नु पर्छ भनेर

जिन्दगी

म जिन्दगी चाहन्छु
ऊ मृत्यु चाहन्छ
म जिन्दगीको सून्दर तस्विरहरू कोर्न चाहन्छु
र सजाउन चाहन्छु सुन्दर सपनीहरूलाई मनका वगैचाभरि
तर ऊ पल भरमै सिसाझै टुटिदिन्छ
म फूलहरूसँगै जिन्दगीलाई फूलाउन चाहन्छु

म तिम्रो त्यही राजकुमारी

जिन्दगी तैले दिएको असह्य पीडास‌‌ँग
आज फेरि वडवडाएछु मध्यरातमा
एकनासले गर्जिएका मेघका आवाजसँग
तर्सिएछ मन अनि अनायस नै चिच्याउन पुगेछु