जब यो धर्तीमा पहिलो पल्ट मेरा आवाज गुन्जिए
आमा तिम्रा आँखाबाट अविरल रुपमा आसुहरू वगेका थिए
कुनै दिन त्यही पीडा मैले पनि महसुस गर्ने छु भनेर
नारीत्वका सारा चोटहरू मैले पनि सहन गर्नु पर्छ भनेर
सजायौ तिमीले मलाई अमूल्य गहना सम्झेर
पल पल पुछिदियौ मेरो आसु आफ्नो कर्तव्य ठानेर
म्ोरो एक मुस्कानमा तिमीले सारा संसार भुलिदियौ
चोट लाग्दा मलाई पल पल तिमी तड्पियौ
लर्वरिएका मेरा पाइलाहरूलाई चल्न तिमीले सिकायौ
म्ोरा तोते वोलीसँग शव्द तिमीले नै पढायौ
डराउदा मेघसँग आचल भित्र लुकाउथ्यौ
मरी राजकुमारी तिमी भनी मिठा मिठा कथाहरू सुनाउथ्यौ
सारा जीवन सुम्पिदियौ आमा तिमीले मेरो निम्ति
फेरि पनि तिमीलाई कुनै गुनासो छैन यो कस्तो निएति
पराईको डोली चढि बिदा माग्दा मैले गहभरी आसु पार्यौ
तिम्रा हृदयका हर धड्कनबाट नया जीवनको शुभकामना दियौ
जीवनका अनगिन्ती साइनोहरू त्यस पल बाट सुरु भयो
कोही भन्थे बुहारी,कोही भाउजू,कोही माइजू,कोही देवरानी
यही भीडमा हराएर तिम्रि छोरी पराईघरको आफ्नो वनि छ
जिन्दगीका अनगिन्ती साइनो जोड्ने पराई वगैचामा तिम्री राजकुमारी हराइछ
जब मेरो कोखबाट जीवनको शृष्टि सम्भव भएन
त्यही पल बाट ती अनगिन्ती नाताहरू पनि आफ्नो रहेन
तर आमा तिमी संगको सम्वन्ध जुन कहिले पनि वदलिने छ्रैन
र यो पनि सत्य हो आमा तिम्री राजकुमारीलाई आमा भनी पुकार्ने कोही हुने छैन ।