जिन्दगीको डुङ्गा अब सँगै तरौला
सम्झनामा सजाएर तिमीलाई राखुँला
कहिलेकाहीं रिसाउँदा तिमीले मनाउनु
गल्ती हुन्छ मान्छेबाट माफी दि’दिनु
मनमा कुरा राख्दै गए शंका बढ्नेछ
त्यही शंकाले हाम्रो सुखी संसार लुट्नेछ
मनको कुरा खोलिहाल्नु मनमा नराख्नु
चोखो हाम्रो प्रीतमा कहिले संका नगर्नु
दुई मुटु अब हाम्रो एउटै भयो नि
तिमी बाहेक मेरो संसार छदै छैन नि
जिन्दगीको यात्रा अवसँगै गरौला
आइपरे वाधाहरू दुवै मिली पार लगाउला
