जिन्दगी तैले दिएको असह्य पीडासँग
आज फेरि वडवडाएछु मध्यरातमा
एकनासले गर्जिएका मेघका आवाजसँग
तर्सिएछ मन अनि अनायस नै चिच्याउन पुगेछु
साच्चै त्यो रात वल्झिएका घाउहरू
बग्न थाले छन नयनबाट थाहै नपाई
अनि फेरि स्नेहका त्यो हात मेरो काधमाथि
मानौँ निभ्न तयार बत्तीमा थपिएका तेलहरू
हो आमा म आज पनि त्यही तिम्रो राजकुमारी
जे मेघको गर्जनसँग डराएर तिम्रो आचलमा लुक्थी
आमा आज पनि मलाई लुकाउन ल त्येा आचलमा
जिन्दगीको यो जलनसँग जल्न धेरै गार्हो भो ।
त्यो काखमा एक चोटी फेरि म पल्टन चाहन्छु
अनि एकचोटी वास्तविक हासो हाँस्न चाहन्छु
र मेरो घुङरिएको कपाललाई सुमसुम्याएर
त्यो हातले थम्थमाउनु म निदाउनेछु सधै सधैलाई
साच्चै समयका आँधीसँग जलेका जीवनहरूले
तिम्रा राजकुमारीलाई कहिले अघि बढ्न सिकाएन
जीवनको त्यो सागरमा तिम्रो राजकुमारी यसरी हराई
फेरि कहिले पनि त्यस सागरबाट बाहिर निस्कनै सकिन
फेरि पनि म तिम्रो त्यही राजकुमारी हो आमा
जो आज पनि मेघका गर्जनसँग डराएर तिमीलाई खेाज्छे
अनि जिन्दगीका भट्टीहरूमा डढेका अवसानहरू खेातल्दै
अगाडि त बढन खेाज्छे तर फेरि उस्का पाइलाहरू रोकिन्छन
प्रत्येक पल जलेका मेरा सपनीहरूका चिताले
तिम्रो छातीहरू असह्य भइ जलेको मैले देखेकी छु
फेरि पनि तिमीलाई शीतलता कहिले दिन सकिन
नत तिम्रा आँखाबाट बगेका आँसुहरू नै रेाक्न सके
त्यसैले आमा एकचोटी तिम्रो त्यो काखमा सधैका लागि निदाउन चाहन्छु
नब्युझाउनु ल आमा मलाई यो ससारको सामना मैले गर्न सकिन
अन्तिम चोटि मेरो घुङरिएको कपाललाई सुमसुमाइदिनु म निदाउनेछु
फेरि पनि म तिम्रो त्यही राजकुमारी जो मेघको गर्जनसँग डराउछे ।
