Skip to content

सन्देश सुवेदी

जिन्दगीको कुइनेटो

बतासले उसको छोटो कपाल सकिनसकी हल्लाइरेको थियो सकेसम्म म उसलाई छेकिरहेकी हुन्थेँ तर ऊ चाहिँ मेरो लामो त्यसमा पनि हावाले लछारिरहेको केशलहरको भेलमा डुबुल्की मार्दै थियो धस्सिएर र त सँसार सुन्दर थियो । आकाश आकाश जस्तो नलाग्ने धरती पनि टेक्ने ठाउँनै नभएजस्तो लाग्ने, छाती भित्र मुटूनै नभएजस्तो लाग्ने, कसैलाई सापटी दिए जस्तो कस्तो कस्तो भइरहेको थियो । रातको समय जस्तो लाग्ने जून पनि घामझैँ गरी झलमल्ल भएका, कस्तो मात्तिएको मन्द उज्यालो भूईँ, कस्तो कस्तो लागिरहेको थियो । अँझै शरीरमा प्राण नभएजस्तो लाग्ने सजाएर राखिएको प्यारो गुडिया जस्तै महूशुस भइरहेको थियो ।

केरिज कटेज

केरिज कटेज नदीको किनारमा नदीको हावाले नभेट्टाउने गरी त्यही नदीलाई नै खुच्चिङ गर्दै दक्षिण हानिएको नदीको पूर्व पट्टीको सानो प्रकृतिको टुटुल्कोमा टुप्लुक्क एउटा मात्रै छ शायद माझी दाइले आफ्नी प्रेमिकालाई आँखा लगाउने मर्दलाई ढुँगाले हान्दा उठेको टुटुल्को जस्तो देखिन्छ शायद मेरो आँखामा । दिनभरि सकेजति काम गरेर अनि झल्याक झुलुक अनलाइनमा च्याटमा बसेर मौकाको फाइदा उठाउँदै प्याट्ट फुट्ट सन्देश पठाउँदै पनि भ्याइएकै हुन्छ । खास गरी म कम्तीमा पनि हप्ताको एक पटक सोमबार अफिसबाट छुटेर ठाउँ जहाँ साँझ सकिएको पत्तै हुँदैन । मेरो नियमित बस्ने ठाउँमा अर्के एक जना घमण्डी खालकी केटी देखेर मेरो रिसको पारो ताते पनि सम्हालिएर त्यहाँको मालिक्नीलाई मेरो सिट खाली गराइदिन भनेँ तर त्यो सँभव भएन त्यस पछि हातमा झोला लिएर उता पर पट्टीको माथि हावाले उडाएर सर्वाङ्ग बनाएको रित्तो कटेजमा हानिएँ ।

आमा नैनाकली

ढिकी र जाँतो गर्दैछु बाबु भन्छिन आमा नैनाकली
बिहानै कुँडो पानी गरिरेछु भन्छिन आमा नैनाकली
जीवन त यसै जाने भो घाँस पराल मै लैजाने भो
मन त पोको पारेर फालेँ भन्छिन आमा नैनाकली

बिझेको छ काँडा यो मुटु भित्र कहाँ गई मेटाउँ म
टुटेको छ मन छिनछिनमा भन्छिन आमा नैनकली
त्यही एउटा छोरो पनि मारियो देशको लडाइँमा
उसैको रगतमा खेल्दैछन भन्छिन आमा नैनाकली

एक डबका दुध (लघुकथा)

एक समय यस्तो पनि थियो कि उस्ले आफ्नो विद्यालयको शुल्क तिर्नका लागि गाउँमा हरेक ढोका ढोका चाहारेर सामान बेच्ने गर्दथ्यो । समय सधैँ एक तमाशले चल्दैनथ्यो एक दिनको कुरा हो उस्को कुनै सामान पनि बिक्रि भएन, उसलाई बेजोडले भोक लागिरहेको थियो । अब म जस्को घरमा पुग्छु पहिले खानेकुरा माग्छु भनेर मनमनै सोच्यो र एउटा नजीकको घरमा पुगेर ढोका ढक्ढक्यायो । ढोका खुल्यो केटी मान्छे देखेर ऊ झस्कियो र खाना माग्नुको सट्टा उसले पानी माग्यो, तर उस्को हाउभाऊले ऊ भोकाएको छ भन्ने केटीले थाहा पाइसकेकी थिई ।

उप्केको तलुवा र चप्केको मन

जुत्ताको तलुवा आधा फुस्किएर दायाँ खुट्टाको चाल बिग्रिएको थियो । पदयात्राको तेश्रो दिनमै यो हालत अँझै झेल्नु सात दिन कसरी हो भन्ने उत्सुकताले म भरिएको थिएँ त्यसैसँग मेरो चाहना पोखिन्छ कि भन्ने समेत मलाई डर थियो । हामी त बेशी मै थियौँ तैपनि तलुवा फुस्किसकेको थियो । ताल तालका साथीहरू देश बिदेशका साथीहरू भेट भएका थियौँ । जेरियासँगको पहिलो भेट पनि अचम्मको थियो ।

अलबिदा

मचानमा सुकाएका बदाम केश्राहरू खानलाई काँचै पनि झुरुम झुरुम त थिए नै । घरमा बुढी हजुरआमा हुनुहुन्थ्यो, आफ्नै आँखा अगाडि एक पसार निकालेर रुमालको फुर्कोमा सबैले देख्ने गरी लुकाउनु भयो यसमा पनि म मख्ख नै थिएँ रमाइलो महशूस भयो । साँच्चै मागेको भए पनि हुन्थ्यो हामी दिई हाल्थ्यौँ नि भन्ने पनि भयो अलि बढी नै दिन्थ्यौँ होला । फेरि उस्की बहिनी आई उस्ले पनि भिना लौ है घरमा चोर पसे भन्दै एक माना जति गोजीमा भित्र्याई हाली म त्यो देखेर पनि बेखुशी भइन, जो सुकै पनि मेरो घरमा आऊन खाऊन बसुन रमाइलो गरुन भन्ने ठान्दथेँ म ।

जाडोभित्रको न्यानो

आथ्थु ! थु !! थु !!!

बिना सित्ति घर छोडेर हिडिएछ होऊ डल्ली, जाडोले मार्ने भयो । यो पटक त जाडो पनि कति सारो बढ्या हो भन्या हेर त ! भन्दै मुखबाट धुवाँ फुक्दै बात मार्दै थिएँ बुढिसँग । सिस्नेरी भञ्ज्याङ्गको उकालोमा हामीहरू हिँड्दै थियौँ दुई जना सभ्यता र म दोपहरमा, त्यही भएर भएका मलिना घाम पनि उसै अस्ताउँदै थिए, माघे सक्रान्तिमा सिस्नेरी भञ्याङ्गमा मेला हेर्न हिँडेका ।

तृष्णा

जिन्सको पाइन्टमाथि ज्यानमा टाँसिने गरी टफ लगाएकी थिई पूजाले पहिलो पटक गाउँमा छिरेकी तैपनि नर्सको रुपमा । बेन्चमा पडाडिबाट सानो बच्चाले कट्कटिएको मुखमा मुजा पारेर उस्को मुखमा ट्वाल्ल हेरेर बसिरह्यो । बिस्कुट खान्छस? मिठि खान्छस? भनेर सोधी खान्न भनेर टाउको हल्लायो । अनि के खाने त भनेर सोध्दा उस्ले बुबु खान्छु ममी बुबु खान्छुभन्दा पूजा झन वाल्ल परि कन्ये केटी अप्ठेरो मानी एक छिन अनि घरमा जाऊ, ममीसँग बुबु माग अनिदिनुहुन्छभन्दा ममी त फा फुइइइई!! भन्न मात्र जानेको थियो । अनि सही नसक्नु भएर भित्रबाट त्यही घरकी दिदीलाई बोलाई र बुबु भन्छ दिदी मलाई त पानी पानी पार्यो यस्ले ।

SandeshSubedi

मेरी बहिनी

अस्ति भर्खर मात्र हो जस्तो लाग्छ, सिर्सेनीको भञ्ज्याङ्गमा बहिनीले र मैले स्याँ स्याँ गर्दै दाउरा ओसारेको । हजुरको बिहा भए पछि त पछि लाग्ने भाउजू हुनुहुन्छ, अनि म चेलीलाई बिर्सने त होला नि भनेर प्यारी बहिनीले भनिरहँदा मैले दुई चड्कन लगाएको अहिले पनि आफ्नै गालामा दुखिरहेछ, मनमा पड्किरहेछ त्यति माया गर्ने बहिनीलाई मैले थप्पड हानेँ भनेर र पनि मैले मायाले सहन नसकेर उसलाई थप्पड हानेको थिएँ त्यतिबेला । ज्योति रुनु न हाँस्नु भएर मेरो अगाडि अगाडि हिँडिन र मैले आफूलाई धोइ पखाली गर्न पाइन बहिनीसँग सरी माग्न पनि पाइन । दाजु बहिनी भएकाले हामी मिल्यौँ हाँसो खुशी फेरि छायो र पनि त्यो थप्पडको बारेमा न मैले उक्काउन सकेँ न उनले नै मलाई ठाउँ दिइन, मनमा एउटा खिल पर्यो र त्यहीँ बिलायो झिक्न पाइन त्यही भएर बिझाउदो रहेछ कहिलेकाहीँ ।