Skip to content


ढिकी र जाँतो गर्दैछु बाबु भन्छिन आमा नैनाकली
बिहानै कुँडो पानी गरिरेछु भन्छिन आमा नैनाकली
जीवन त यसै जाने भो घाँस पराल मै लैजाने भो
मन त पोको पारेर फालेँ भन्छिन आमा नैनाकली

बिझेको छ काँडा यो मुटु भित्र कहाँ गई मेटाउँ म
टुटेको छ मन छिनछिनमा भन्छिन आमा नैनकली
त्यही एउटा छोरो पनि मारियो देशको लडाइँमा
उसैको रगतमा खेल्दैछन भन्छिन आमा नैनाकली

सिनो झैँ लुछिरहेछन ब्वाँसाहरू भिन्न खोल ओढेर
शहिदकी आमा धिक्कार छ भन्छिन आमा नैनाकली
एक दिन यिनै आँशुले पक्कै उनीहरूलाई बगाउने छ
कहीं त होला मेरो भगवान भन्छिन आमा नैनाकली

हातपाखुरा पनि गल्न थाले आँखाहरू पनि बस्न थाले
मर्नेबेला पानी दिने कोही छैन भन्छिन आमा नैनाकली
अँझै पनि सुधृएको आफ्नो परानको सपना फक्रिएको
हेरेर सास जान पाए हुन्थ्यो भन्छिन आमा नैनाकली

http://www.manko-chhaya.blogspot.co.uk/2015/01/blog-post.html

1 thought on “आमा नैनाकली”

Leave a Reply

Your email address will not be published. Required fields are marked *