लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो ।
खोला तरेर थोरै उकालो हिंडेपछि खोक्सुङले चौतारीमा झोला बिसायो र पारि आफ्नै गाउँलाई हेर्यो। उसले टारी खेतमाथिको आफ्नो घर ठम्यायो। चुन र टीनले टल्केको तीनधुरे घर।