Skip to content


देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छयाप्पै छोपिएर
एउटा ढुंगा देउता भएर बसेको छ
देउता ढुंगा हुन् सक्छ/ढुंगा देउता पनि हुनसक्छ
-मात्र विश्वासमा
त्यही विश्वासमा –
निर्बलहरू बल माग्दै ढुंगासामु माथा टेक्छन
गरिबहरू धन माग्दै ऋण गरी बोका काटछन
दु:खीहरू सुख माग्दै रोइ,कराई भाकल गर्छन
विश्वास यति घाती छ कि
नाथे एउटा ढुंगाले पनि यसरी मान्छेको शोषण गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *