हाम्रा सांसद नेपाली नामका मात्र छन् तर,
यता हैन उतै उन्का आफ्नै छन् जन्मका घर ।
यताका पनि छन् केही तर ती मद्यका भर,
परेर ध्वस्त पार्दैछन् डढाई पितृको घर ।
बनाउँछौं भनी देश जनता मात्र ठग्दछन्,
सौताका रिसले आफ्नै पोइको काख हग्दछन् ।
उनी ”’वानर”’ हुन् भन्ने नबुझेर दियौं मत,
आफ्नै कुर्सीहरू भाँची फ्याँक्ता पो चिनिए स्वतः ।
संविधान बने भाँडभैलो गर्न नपाइने,
अराजक भई कुर्सी पनि भाँच्न नपाइने ।
सभासद भई भत्ता कुल्याउन नपाइने,
देश टुक्र्याउने झेल खेल खेल्न नपाइने,
हुनाले जे गरे ठीक भन्नु मात्र रह्यो अब,
विश्वका सामु नेपाली सर्वाङ्ग नाङ्गियौं सब ।