मेरो चोक
भुपी शेरचनको जस्तै मेरो पनी एउटा चोक छ
चटपटे, पानीपुरी के छैन ,सबथोक छ
युवती हरुको लाम छ
वाटो अलीक जाम छ
फुर्सदको काम छ
ए हजुर त्यही त हो मेरो चोक
जहाँ प्रगती चोक नाम छ
कोही बसपार्क देखी आउछन
कोही विपी चोक देखी धाउछन
कोही ल्याई माग्छन
कोही पुर्याइ माग्छन
के चै हुदैन मेरो चोकमा ?
पेट पुजा देखी मन पुजा सम्म हुन्छ
चटपटे पसल दुई युगल प्रमीको बगैचा बन्छ
गाडीका हर्न हरु संगीतका मिठा धुन बन्छन
नालाको त्यो दुर्गन्ध सुगन्धीत अथ्थर बन्छ
मेरो चोक अब विश्वको आठौ आश्चर्यमा पर्नेछ ।
किनकी !
मेरो चोकमा सधै आश्चर्य हुन्छ
मेरो चोकमा सधै भमरा हरु आउछन

निबन्ध लेख्नेहरू धेरै देख्छु तर निबन्धकार भने थोरै देख्छु । यो थोरैभित्रका एक हुन राम प्रसाद खरेल । उनी पेशाले त सचारकर्मी हुन । तसर्थ यनको जीवनयापन गर्ने स्रोत भनेकै बोल्ने र लेख्ने कला हो । यिनको अनुहार कोहीसँग मिल्दैन तर यिनको बिचार विश्वको महान बिद्दानहरूसँग मिल्छ । तर पनि यिनका लेखहरूमा मौलिकता पाइन्छ । यिनको पुस्तक रे केही समय अगाडि बिमोचन भयो । उक्त बिमोचन कार्यक्रममा मैले पनि सहभागि हुने मौका पाए । पृर्वाञ्चलको विशेश साहित्यिक ब्यत्तित्वहरूको बाक्लो उपस्थितिरहेको थियो । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरूले रे एउटा यृवाहरूको सोच परिवर्तन गर्ने पुस्तक भएको भन्दै आफनो अभिव्यक्ति दिदै गर्दा मलाई पनि रे पुस्तक एक पल्ट पढ्न मन लाग्यो र एक प्रति पुस्तक किने । बेलुका घर आए अनि सर्वप्रथम त मैले रे को त्यो आर्कर्षक आवरणमा आँखा लगाए जुन आवरणमा मैले अ्न्य पुस्तकहरूभन्दा नयाँपन भएको अनुभव गरे ।