भुपी शेरचनको जस्तै मेरो पनी एउटा चोक छ
चटपटे, पानीपुरी के छैन ,सबथोक छ
युवती हरुको लाम छ
वाटो अलीक जाम छ
फुर्सदको काम छ
ए हजुर त्यही त हो मेरो चोक
जहाँ प्रगती चोक नाम छ
कोही बसपार्क देखी आउछन
कोही विपी चोक देखी धाउछन
कोही ल्याई माग्छन
कोही पुर्याइ माग्छन
के चै हुदैन मेरो चोकमा ?
पेट पुजा देखी मन पुजा सम्म हुन्छ
चटपटे पसल दुई युगल प्रमीको बगैचा बन्छ
गाडीका हर्न हरु संगीतका मिठा धुन बन्छन
नालाको त्यो दुर्गन्ध सुगन्धीत अथ्थर बन्छ
मेरो चोक अब विश्वको आठौ आश्चर्यमा पर्नेछ ।
किनकी !
मेरो चोकमा सधै आश्चर्य हुन्छ
मेरो चोकमा सधै भमरा हरु आउछन
धेरैको कानमा गुनगुनाउछन
तर अचम्म
उनीहरु फुुलको रस चुस्दैन्न्
तर पनी मह भन्दा मिठो रस छोडेर जान््रछन
तिखा काडाहरु फुललाई देखेर लठ्ठै पर्छन
बगौचाका फुलहरु भन्दा बेस्करी फुलहरु मुस्कुराउछन
त्यसैले त मेरो चोकमा काडाले घोच्दा पनी आनन्द आउछ ।
