खरेलको रे निबन्ध संग्रहभित्र के

20140308_BikalRegmi_Lekh


निबन्ध लेख्नेहरू धेरै देख्छु तर निबन्धकार भने थोरै देख्छु । यो थोरैभित्रका एक हुन राम प्रसाद खरेल । उनी पेशाले त सचारकर्मी हुन । तसर्थ यनको जीवनयापन गर्ने स्रोत भनेकै बोल्ने र लेख्ने कला हो । यिनको अनुहार कोहीसँग मिल्दैन तर यिनको बिचार विश्वको महान बिद्दानहरूसँग मिल्छ । तर पनि यिनका लेखहरूमा मौलिकता पाइन्छ । यिनको पुस्तक रे केही समय अगाडि बिमोचन भयो । उक्त बिमोचन कार्यक्रममा मैले पनि सहभागि हुने मौका पाए । पृर्वाञ्चलको विशेश साहित्यिक ब्यत्तित्वहरूको बाक्लो उपस्थितिरहेको थियो । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरूले रे एउटा यृवाहरूको सोच परिवर्तन गर्ने पुस्तक भएको भन्दै आफनो अभिव्यक्ति दिदै गर्दा मलाई पनि रे पुस्तक एक पल्ट पढ्न मन लाग्यो र एक प्रति पुस्तक किने । बेलुका घर आए अनि सर्वप्रथम त मैले रे को त्यो आर्कर्षक आवरणमा आँखा लगाए जुन आवरणमा मैले अ्न्य पुस्तकहरूभन्दा नयाँपन भएको अनुभव गरे । किनकि एउटा मोफसल रहेको लेखकले अर्को मोपसलमै रहेको तर पछाडि परिरहेको कलाकारलाई सार्वजानिक गर्ने र स्थापित गर्ने काम पनि खरेलको रे पुस्तकले गरेको छ । पुस्तकको आवरणलेनै मलाई आकर्षित गरिसकेपछि मैले भित्र भएका लेख निबन्धहरू नपढ्ने कुरै भएन । मैले पुस्तकको आवरण पल्दाउदै गर्दा विषयसुचिहरू मथि मेरो आँखा प¥र्यो । ती विषयहरू ह्ेर्दा हेर्दै मेरो मस्तिष्कले यो सोच्न बाध्य भयो । मानवीय उन्मुक्ति, प्रगति उन्मुख सोच, सिर्जनात्मक विल्षणता र संरचनात्मक प्रयोगले खरेललाई सार्वकालीन र सर्वदेशीय लेखकको रुपमा लिन सकिन्छ ।

रे जब पढे मैले डब्लु । एच । ओडेन, बर्टोल्ड ब्रेख्तलाई सम्झन बाध्य भए । खरेलको रेमा सद्विचार, महान सिद्दान्त, र यिनले लेखेका प्रयोगहरूसँग सम्बद्ध सार्दभिकताले नेपाली साहित्य जगतमा ठुलो अर्थ लाग्छ । खरेल जिज्ञासु र सचेत निबन्धकार हुन । उनी असान्र्दभिकलाग्ने कुराहरूलाई सान्र्दर्भिकताको फेरो मार्ने पय्रास गर्छन तर त्यसको पनि एउटा परिधी भित्र रहेर । यिनको निबन्ध संगह्रभित्र रहेको पहीलो लेख सुन्दर कुराको खोज साच्चैनै प्रयोग वादी निबन्ध छ । कुनै पनि कुरा आफै हुदैन हामीले त्यसलाई बनाउनु पर्छ भन्ने सन्देश हामी पहिलो निबन्धबाट पाउछांै ।

रेमा चौबिस वटा निबन्धहरू समेटीइका छन । परन्तु कृतिभित्र प्रवेश गर्दा त्यहाँ अनेकौं सिर्जनाका गुच्छाहरू थुप्रिएको पाइन्छ । खरेल झट्ट हेर्दा सामान्य लाग्ने विषयको उठान गर्छन् र त्यसैका आधारमा समाजमा हुने र भइरहेका अर्घेलाहरूको खुलासा गर्दै जान्छन्। स्वर्ग जाने होइन बनाउने हो शीर्षकको निबन्धमा अल्छीहरूलाई प्रहार गरेता पनि युवाहरूलाई युगनिर्माणको लागि अहिलेबाटै र आफैबाट सुरु गर्न आह्रवान गरेका छन्। साथै, उनले रङ्र, कापी औजार धुन, बिज आदिको प्रयोग गरी स्वर्गको निमार्ण गर्न सकीने कुरा कलात्मक रुपमा प्रस्तुत गरेका छन । संग्रहको अर्को उल्लेख्य निबन्ध प्रतिध्वनिको सिद्धान्त हो जसमा बाउले किनेको एउटा भैँसीको महत्व नराख्ने तर आफूले बाटेको एउटा सानो डोरीको माया लाग्ने कुरा दर्साउदै हाम्रो परम्परा कसरी चल्दै आयो भन्ने विषयमाथि कलम चलाएका छन्। आफूले जस्तो कर्म गरो प्रतिफल त्यस्तै आउछ, हामीलाई जस्तो पं्रतिफल चाहिन्छ आफूले त्यही अनुसारको काम गनपर्छ । आर्दर्सपृर्ण विश्व निमार्णका लागि पत्येकले आफैबाट सुरुवात गर्नुपर्छ । अनि त्यहा कुनै हालतमा प्रतिध्वनिको सिद्दा्न्त अपवाद हुन सक्दैन ।

रेमा संग्रहित निबन्धहरूमध्ये सम्भवत सर्वश्रेष्ठचाहिँ कल्पना बाटै यथार्थ जन्मिन्छ ु हो भन्न सकिन्छ। निबन्धमा लेखक खरेलले युवा मनमस्तीस्कलाई सुक्ष्म रुपमा हेरोको पाइन्छ । रेमा संग्रहित अधिकाशं निबन्धहरू विचार प्रधान छन । निबन्धकारराम प्रसाद खरेलको अभिव्यक्ति शिल्प सह्रानायोग्य छ । विशिष्ट शैलीनिर्माता, उद्भट शब्दशिल्पी वा धुरन्धर लेखक ह’न । उनको महत्त्व एकाग्र भएर स्वान्त सुखाय नेपाली भाषा र साहित्यको सेवामा निरन्तर लागिरहनुमा छ। उनको भाषा सरल छ९ सहज, सम्प्रेषणीय छ र त्यसमा यृवाबोलीको मिठास मिसिएको हुन्छ।

सालाखाला भन्नुपर्दा उपर्युक्त सबै निबन्धहरूमा निजात्मकताको गहिरो छाप छ । प्रायः जसो निबन्धमा युवालाई समेट्दै आफ्नो भावना पोखेका छन तसर्थ उनका ती निजी अनुभूतिको अभिव्यक्ति विश्वसनीय भएको छ । निजात्मकताका कारण निबन्धहरू मौलिक बनेका छन् । निबन्धकारको निजी अनुभूतिका कारण विभिन्न निबन्धहरूमा सामान्यतया भिन्नाभिन्नै स्वाद उत्पन्न भएको छ । यसमा युवा सम्वन्धी निबन्धहरू बढी भए पनि निबन्धकारले विविध विषयलाई अँगाली आत्मदृष्टिकोण र आत्मनिवेदनको प्रक्षेपण गरेका छन् ।साथै सकरात्मक विचार पनि प्रदान गरेका छन । त्यतिमात्र नभएर धर्म,दर्शन पनि संग्रह भित्र अटाएका छन । आलङ्कारिक भाषा, कलात्मक भनाइ र मार्मिक प्रस्तुतिका कारण सबैजसो निबन्धहरू प्रभावपूर्ण भएका छन । यसमा सङ्कलित निबन्धहरूमा भाषाशैली, विषय र उद्देश्यको तालमेल मिलेको हुँदा ती सार्थक र सफल रूपमा संरचित छन् । यसमा परेका सबैजसो निबन्धहरू विचारप्रधान,बैज्ञानिक, भावनात्मक र मन छुने खालका छन् । हरेक निबन्धमा समसामयिक यथार्थको सुन्दर अभिव्यक्तिरहेको छ । यस प्रकार साहित्य भण्डारमा राम प्रसाद खरेबाट एउटा भए पनि इँटा थपिनु गौरवको विषय मान्नुपर्छ । आजको घडीमा राजधानीभन्दा बाहिर बसेर अनवरत साहित्य९सेवा गर्ने वरिष्ठ साधकहरूको लहरमा खरेल टड्कारो चिनिने र सम्मान गर्नलायक प्रतिभा हुन् भन्ने कुरामा भने विवाद नहोला। अँझ परिस्कृत बन्दै जाओस्, उनको कलम, विचार र काव्यिक क्षमता, यही शुभेच्छा र शुभकामना ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *