मायालु विकास

मलाई आफ्नो साथी बनाउन

मलाई आफ्नो साथी बनाउन
म चाहन्छु तिमीसँग रमाउन
जिन्दगीको कठिन मोडहरूमा
कति सुख होला कति दुख होला
भाग्यमानी मान्थे पाएदेखि
त्यो कोमल हात समाउन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुन हुन्न थाहा छ तर रुन कर लाग्छ

रुन हुन्न थाहा छ तर रुन कर लाग्छ
मनको मैलो आंशुले धुन कर लाग्छ ।।

अन्जानमा कुनैबेला बोल्दा तीखो बोली
बाचुन्जेल तितो बोकि जिउन कर लाग्छ ।।

व्यबहार र बोली बिच फरक परे साथी
आफ्ना बाटै अपशब्द सुन्न कर लाग्छ ।।

समयले नचाएर बाध्य पारे पछि
गधाको नि खुट्टा साच्चै छुन कर लाग्छ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई मुक्तक

न पाइप गयो न त ग्यास गयो
न जल्यो चुलो न त सास गयो
जब हान्दै तुक्का लाज पचाइ
फर्के घरमा तब बिस्वास गयो
__ __ __ __ __ __ __ __
पुग्दै न पुग्ने पनि बोली हुन्छ???
चरा नमार्ने पनि गोलि हुन्छ???
उनी भन्छन म छु के चिन्ता गर्छौ??
आज रात कुर सब भोलि हुन्छ।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरा आँखाबाट बगेको आँशु

मेरा आँखाबाट बगेको आँशु
जीवन सजाउने मोती बनोस
मन्दिरमा मैले बालेको दियो
तिम्रो जीवनको ज्योति बनोस ।।

हेर्दै शान्त बिहानी
छर्दै आफ्नो लाली
झुल्केको घाममा
म देख्छु तिमीलाई
तिमीले बिर्से पनि
म भुल्न सक्दिन
जब एक्लो हुन्छु
म लेख्छु तिमीलाई ।।

हृदय बाट निस्केको गजल
बाचुन्जेल मिठो याद बनोस
जती हुन्छ दु:ख लिन्छु सबै
तिम्रो जीवन गुलाफ झै फुलोस ।।

तिमी बस्छौ यो दिलमा
सधैं आफ्नो बनेर
जब सम्म शायर भै
बाचेको म छु
तिम्रो जीवनको
म मुल्यहिन मानिस
भन्छन कायर बनेर
बाचेको म छु
कायर भए नि
शायर भए नि
गाएर तिम्रै गीत
नाचेको म छु ।।

मेरा आँखाबाट बगेको आँशु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटा मान्छे लाइ म भुलु कसोरी

जसले दियो खुसी मेरो जीवनमा
जसको मुस्कान बसेको छ मनमा
कुन शब्दले आज म बोलु कसोरी
एउटा मान्छे लाइ म भुलु कसोरी ।।

उसैको प्रतिबिम्ब बसेको छ दिलमा
उसैको झझल्को आउँछ मष्तिस्कमा
लाज लाग्छ बितेका पल खोलु कसोरी
एउटा मान्छे लाई म भुलु कसोरी ।।

वसन्त आयो खोइ म पालुवा देख्दिन
उ बाहेक अरु लाइ म लेख्न सक्दिन
रगिन छ रे मौसम म डुलु कसोरी
एउटा मान्छे लाई म भुलु कसोरी ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्रान्ति भन्दै कोहि यहाँ

क्रान्ति भन्दै कोहि यहाँ बिसौ हजार मान्छे मार्ने
धर्म ओढ्दै अर्को फेरि घरका दाजु भाइ भाड्ने ।।

मासी सके राष्टियता देसभक्तिको खोल ओढि
अभाबको समयमा कोइ चै कठै तुक्का बाड्ने ।।

कता गए बाचा कसम छैन यहाँ लाज सरम
कोहि भन्छ्न सबै जिरो सभापति किन छाड्ने ।।

दक्षिण तिर मेरो देसमा आगो लाग्दा डढेलो झै
माग्दै अंश देसको धम्की दिन्छन जिउदै गाड्ने ।।

सुन्दर देस नटुवा हरुको रंगमंच बन्दै जादा
आज यिनले जितेपनि भोलि हामी सबै हार्ने ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झर्छ आसुँ आँखाबाट मनमा चोट लागे पछी

झर्छ आसुँ आँखाबाट मनमा चोट लागे पछी
कल्ले सुन्छ पिरमर्का आफ्नै टाढा भागे पछी ।।

आफ्नो भुँडी भर्न यहाँ देउताको त मोल हुन्छ
हुन्न चासो इज्जतको लोभ लालच जागे पछी।।

आँफै कमजोर भये पछी कल्ले बोल्छ अघीसरी
बेच्नु पर्छ अस्मिता नि बिबसताले मागे पछी ।।

कती गर्नु बिरोध अनी कती फेरी क्रान्ति यहाँ
थेत्तरो भई बाच्नु पर्छ बोल्दा बोल्दा थाके पछी ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कविता

कविता नै रसपान गरु म
कविता कै सम्मान गरु म
कविता नै मेरो जीवनसाथी
कविता कै गुणगान गरु म ।।

जब उघ्रो आँखा जगमा मेरो
कति राम्रो जीवन सेरोफेरो
यो कविता जीवनसार भयो
कवितासँग मेरो प्यार भयो ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लाग्नु परो खाडीतिर शाहुको रिन परे पछी

लाग्नु परो खाडीतिर शाहुको रिन परे पछी
पिउदै घाम गरो काम बाध्यताले गरे पछी ।।

हासो खुशी रहर सबै परिवार को पुरा गर्न
दु:ख पाइ रुनु पर्छ आफ्नो खोलो तरे पछी ।।

साथी संगी सँग अब भेट होला कि कुनैदिन
भन्दै बस्दा आशु आउछ रित्तो आश मरे पछी ।।

कत्ती लामो समय ओहो दुई बर्ष बित्नै गाह्रो
के पो गर्नु भाग्य ले नै कष्ट मात्रै भरे पछी ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रो खुसी हाम्रो लागि बाच्ने आधार थियो

तिम्रो खुसी हाम्रो लागि बाच्ने आधार थियो
आज बेग्लै हिजो सम्म एउटै घरबार थियो

अस्ति सम्म दु:ख सुख बाड्दै हामी बसेका
आज भयो छुट्टै भान्सा एउटै कारोबार थियो

साच्यौ सबै तिम्रै लागि भन्यौ भागबन्डा गरौ
तिम्रो लालच हाम्रो दिल मा ठुलै प्रहार थियो

जन्म देखि आज सम्म जिम्मेवारी पूरा गर्यौ
आज भयो बेकामे हिजो सल्लाहकार थियो

तिमी पनि बाउ भै बूढो हुँदा थाहा पाउलाउ
हाम्रो अन्तिम हासो भित्र कत्रो चीत्कार थियो ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म शायर भएर बाचेको छु

मेरा आँखाबाट बगेको आँशु
जीवन सजाउने मोती बनोस
मन्दिरमा मैले बालेको दियो
तिम्रो जीवनको ज्योति बनोस ।।

हेर्दै शान्त बिहानी
छर्दै आफ्नो लाली
झुल्केको घाममा
म देख्छु तिमीलाई
तिमीले बिर्से पनि
म भुल्न सक्दिन
जब एक्लो हुन्छु
म लेख्छु तिमीलाई ।।

हृदय बाट निस्केको गजल
बाचुन्जेल मिठो याद बनोस
जती हुन्छ दु:ख लिन्छु सबै
तिम्रो जीवन गुलाफ झै फुलोस ।।

तिमी बस्छौ यो दिलमा
सधैं आफ्नो बनेर
जब सम्म शायर भै
बाचेको म छु
तिम्रो जीवनको
म मुल्यहिन मानिस
भन्छन कायर बनेर
बाचेको म छु
कायर भए नि
शायर भए नि
गाएर तिम्रै गीत
नाचेको म छु ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिन्दगी को परिभाषा

दिलसँग दिल साटेर
मन सँग मन बाँटेर
अर्को बिना नबाच्ने सम्म
जब सम्बन्ध गाढा हुन्छ
खोज्दै अरु तिर खुशी
त्यसपछी मन छाडा हुन्छ
कती मतलबी छौ हामी
खुशी हुन्छौं जब आफ्नै
आँफै बाट टाढा हुन्छ
बुझ्न नसक्दा समय मै
हिजोको सुन्दर जीवन
पछी आँफैलाई काडा हुन्छ ।।

को खोज्छ परिभाषा जिन्दगीको
जब आउछन जीवनमा
खुशीका अनगिनत बहार
असिमित प्यार
दुश्मन पनि बन्छ यार
अनी त्यो एक समय
जब सकिन्छ तब त गर्छ
समयले बिबशताको प्रहार
दिदै अबिरल आसुँका काडेतार ।।

हिजो सम्म बसेका थियौ
खुशीले झुमेर मातिएर
एकै छिनमा सबै कुरा
जब मेटिन्छ नाशिएर
लिसो झै टासिएर
जब आउन थाल्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साचो बोल्ने झुटो भयो

साचो बोल्छु भन्ने आज समाजमा झुटो भयो
रोप्दा बिरुवा एसेलुको अगेरीको बुटो भयो

राम्रो हुन खोज्दा यहाँ कुरा काट्ने कति धेरै
हरियो रुख नि चोट खादा सुक्दै आज ठुटो भयो

सक्ने ले पो मनपरी जे जे गरे पनि हुन्छ
मसिरमा धान काटी कात्तिक तिर चुटे भयो

आफ्नो दुनो सोझिए पछि आफन्त नि नचिन्ने लाइ
किन शान्ती चाहियो घरमा दाजुभाइ फुटे भयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सारै ठूलो भ्रान्ती भयो

पल्लो घरको छोरो मर्दा वल्लो घरलाई शान्ती भयो
आफ्नै दाजु भाइ मार्दै कुन्नी कस्तो क्रान्ती भयो

घर भित्र आगो लगाई पानी माग्दै छिमेकि को
दैलो कुर्दा आज आफ्नै सम्पत्तिको हान्ति भयो

स्वार्थ आफ्नो पूरा भए मरुन अरु के नापिन्छ
आफ्न्तको लास छोडी पराइको जन्ती गयो

कलह रोपि मिलापका कुरा गर्ने कति कति
कोदो रोपि तोरि खोज्ने सारै ठुलो भ्रान्ती भयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डर लाग्छ

न बोलु त तेसै तेसै बोल्न मन लाग्छ
बोलु भने तिम्रो साथ छुट्ने डर लाग्छ ।।

मेरो जुनी तिम्रो लागि भाक्दै देउराली
खाउ बाचा कसम भने टुटने डर लाग्छ ।।

ठेस लागि विश्वाशमा मन फाटे पछि
जस्तै दह्रो सम्बन्ध नि फुट्न कर लाग्छ ।।

दिल भित्र सम्झना संगालेर राखे नि
भेटै नभै जिन्दगी यो उठ्ने डर लाग्छ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छोटो भेट तिम्रो लागि

छोटो भेट तिम्रो लागि पानी को एक फोका थियो
मेरो लागि तिम्रो साथ हावाको एक झोका थियो

कति हासु कति रोऊ सकिन्नन ती यादहरू
सबै भन्छन मेरो माया मेरै लागि धोका थियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कसरी बर्णन गरुम म

अहो कस्तो अद्भुत सिर्जना ईश्वरको
प्रकृतिका हरेक सुन्दर रंगहरू मिसाएर
सृष्टिको जीवनरूपी क्यानाभासमा पोतेपछि
सृजना भएकी जस्ती तिमी ।

कसरी बर्णन गरौ म
बिहानिको सगर जस्तो ती सुन्दर ओठहरू।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
635775889543893131

माया गर्न मन छ मलाई

केरा जस्तै बोक्रा छोडाई माया गर्न मन छ मलाई
गुड़िया जस्तै खेलाइ खेलाइ माया गर्न मन छ मलाई

जाड़को छोक्रा निचोरेर निगार बनाई पिए जस्तो
निचोरेर तिम्रो जोबन माया गर्न मन छ मलाई

सारे स्लिम , दूध जस्तो सुन्दर गोरो तिम्रो तन
मह जस्तै चाटी चाटी माया गर्न मन छ मलाई

अध्यारोमा सिरक भित्र लगाउँदै कुतिकुति
हसाउदै र उफार्दै माया गर्न मन छ मलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिम्रो लागि

मेरा गजलका हरेक हरफमा
गुन्छु म हर्दम उन्छु तिमीलाई
तिम्रो निम्ति बने म तिम्रै हुनेछु
छौ मेरो मुटुमा सुन्छु तिमीलाई
छौ टाढा म सक्छु महशुस गर्न
नछोएर पनि म छुन्छु तिमीलाई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •