को सङ्ग गरौ तिम्रो तुलना
तिम्रो सुन्दरताको तुलना
म के सङग गरौ
फूल सङ्ग गरौ
कि जुन सङ्ग गरौ
तारा सङ्ग गरौ
कि सुन सङग गरौ
अह गर्दिन म कसै सङ्ग
किनकी तिमी जस्तो छौ सुन्दर छौ
भित्र अनेक ब्यथा बोकेर बाच्न सक्ने
विशाल समुन्दर हौ
तिम्रो बोलिको तुलना
म के सङ्ग गरौ
cuckoo bird सङ्ग गरौ
कि comon loon सङग गरौ
या सारङ्गीको मीठो धुन सङ्ग गरौ
अह गर्दिन म कसै सङ्ग
किनकी तिम्रो बोली जस्तो छ
मलाई मीठो लाग्छ
जब जब म तिमी लाई सुन्छु
मनमा असिम आनन्द जाग्छ
तिम्रो मुस्कानको तुलना
म के सङग गरौ
बिहानिको घाम सङ्ग गरौ
कि सुन्दर शाम सङ्ग गरौ
या त रङ्गीन रातमा छचल्किने
मिठो जाम सङ्ग गरौ
अह म गर्दिन कसै सङ्ग

औंशीको कालो रातमा
कोही त छ पक्कै कतै