छोटो भेट तिम्रो लागि पानी को एक फोका थियो
मेरो लागि तिम्रो साथ हावाको एक झोका थियो
कति हासु कति रोऊ सकिन्नन ती यादहरू
सबै भन्छन मेरो माया मेरै लागि धोका थियो
तिम्रो साथ छैन मलाई भन्ने थाहा हुदाहुदै
बाचुन्जेल तिम्रै खुसी देख्ने मलाई शोख थियो
एकै झलक पाउन तिम्रो तर्सिन्थे यी नयन मेरा
पागल थिए तिम्रो लागि हाँस्ने सारा लोक थियो ।।