Skip to content


कविता नै रसपान गरु म
कविता कै सम्मान गरु म
कविता नै मेरो जीवनसाथी
कविता कै गुणगान गरु म ।।

जब उघ्रो आँखा जगमा मेरो
कति राम्रो जीवन सेरोफेरो
यो कविता जीवनसार भयो
कवितासँग मेरो प्यार भयो ।।

हाइकु गीत र मुक्तक एक
कविताका छन रुप अनेक
बोल्न नसक्नेको बोली जान
शक्ति छ कवितामा सब मान ।।

जति पढ्छौ यो मन साफ भयो
कति गल्ती जगमा माफ भयो
हाम्रो सभ्यताको आधार हो यो
परमात्मा को उपहार हो यो ।।

कविता झैं रस मानव भित्र
खोजन सक्यौं भने मेरा मित्र
यो जीवन हाम्रो साकार अहो
नत्र मान्छे हुनु धिक्कार भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *