मिलन थापा

कसको बहकाउमाँ

कस्को बहकाउमा लागेर जादैछौ//
बन्धनको सीमाँ रेखा नागेर जादैछौ/
जुनी भरी साथ दिन्छु भन्थियौ भन्न त
तर आज म संग बिदा मागेर जादैछौ//
भने जती हासो ख़ुशी उतै पायर होंला
यो अभागीको मायालाई त्यागेर जादैछौ/
आउने जाने तिमि मूल बाटो बन्द गरी
म देखि टाढा टाढा भागेर जादैछौ//
असक्त जस्तै थियौ हिज सम्म मेरो सामू
आज जोश जागरमाँ जागेर जादैछौ//

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

माया गर्छु भन्ने हिम्मत (मुक्तक)

माया गर्छु भन्ने हिम्मत जुटाउन सकिन
दैबले कोरेको किस्मत फूटाउन सकिन
दोबाटोमा एक्लै मलाई छोडेर गएपछि
तिम्रै यादमा पिउने आदत छुटाउन सकिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
MilanThapa

गजल

झुपडीमा रमेको छु महल सम्झेर
दुःख सहेको छु कर्मकोफल सम्झेर

अबदेखि कहिलै नरुने म भन्छु
झर्छ आशु बिगतको पल सम्झेर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •