मायाको भोको प्यासी बनेर
जीवन चलेछ प्रवासी बनेर
मनका रहर थाती राखेर
काम गरेको छु दासी बनेर
आज यसरी जिउनु परेको छ
आफ्नै घरमा सुकुमबासी बनेर
खुशी सारा आफैले त्याग्नु पर्यो
बिनासकारी बिनासी बनेर
दःख मेरो गलामा झुन्डी रहेछ
मरेतुल्य बनाउन फासी बनेर
