मुना २०६६ मंसिर
कागभन्दा कोइली चलाख
काग आफूलाई निकै चतुर र बुद्धिवान् पक्षी हुँ भन्ने घमण्ड गर्दथ्यो । आफूलाई मानिसले समेत पूजाआजा गरेकोमा ठूलै दम्भ कागको थियो ।
एउटै रूखमा गुँड लगाई बसेको कोइली चरालाई भने आफूले मीठो स्वरमा गाउन सके पनि कुनै दम्भ थिएन । कोइलीले सधैँ वसन्तयाममा मीठो स्वरले गाउनुपर्ने प्राकृतिक नियम थियो । वासन्ती पालुवामा लुकेर कोइली सधैँ कुहु-कुहु गर्दै कराउँदथ्यो ।
साँच्चैको हिरो
बिहानको नौ बजेको थियो । म नागपोखरीको पार्कमा बसिरहेको थिएँ । त्यति नै बेला मैले दस-एघार वर्षको एकजना केटोलाई देखेँ । ऊ सबैसँग हात फैलाउँदै एक-दुई रुपियाँ मागिरहेको थियो तर कसैले पनि उसको पुकार सुनिरहेको थिएन ।
हात फैलाउँदै केटो मेरो नजिक आइपुग्यो । मैले ट्वाल्ल परेर उसको अनुहारमा हेरिरहेँ । एकछिन त ऊ मसँग डरायो पनि । मैले मुसुक्क हाँसेर उसको हातमा पचास रुपियाँको नोट राखिदिएँ । केटोले मलाई क्वारक्वार्ती हेर्न थाल्यो ।
पौडी खेल्दा
स्थानः बाटोछेउको पोखरी
समयः शनिबार दिउँसो
पात्रहरूः राज, पप्पु र पेम्बा (आठ वर्षे बालकहरू)
काजी र लाक्टी (पाँच वर्षे बालबालिका)
(बाटोमा पुल छ । उत्तरतिरबाट सानो खोल्सो बग्दै आएको छ । पुलको तलतिर निकै ठूलो पोखरी बनेको छ । राज, पप्पु र पेम्बा त्यही पोखरी छेउको पुलमाथि उभिएका छन् । उनीहरू त्यस काठको पुलमाथि कपडा खोल्दै छन् । उनीहरूका साथमा भाइबहिनी पनि छन् ।)
