Skip to content

कृष्ण प्रसाद दाहाल

म त जिउँदै मरिरहेछु

  • by

मेरो एकेक पलको मौनता बुझ्थ्यौ तिमी
आजकल त मेरो आर्तनाद पनि सुन्दिनौ ।
खैर म आज पनि मौन नै छु
फरक यत्ति हो हिजोको मौनतामा मन्द मुस्कान थियो,
खुशी थियो,सौहार्दता थियो
तर समय बेग्लै भैदियो
आजको मौनतामा चीत्कार मिसिएको छ
जुन मेरो निम्ति भारी परेको छ
स्लो प्वाईजन बनेर नसा नसामा बगेको छ ।

तीन मानसिक अवस्था र मानसपटल

  • by

आज म मौन छु
नितान्त शान्त, अनि एक्लो छु
बोलिरहेको छु तर आवाज विहीन छु
सोचिरहेको छु तर भाव विहीन छु
मेरो आवाज कहीं लुटिएको वा खोसिएको होइन
मेरा अनेकन् भाव
कहीं खिचिएका वा चोरिएका होइनन्

आफ्ना पराई हुँदाको शोक

कठै नि!! चोट तिमीलाई दिएर आएँ आज
भुलाउन क्लेश मनका पिएर आएँ अाज।।

हँसाउने म अरुलाई विवस अाफैँ खुसी खोज्छु
चिरिएको छाती आँशुले नै,सिएर अाँए आज।।

पश्चाताप

  • by

(लामो सास फेर्दै)
‌उफ् सो‍च्दा पनि कहाली लागेर आ‌उँछ
कतै तिमी टाढा हुन्छौ कि भनेर
छाँगाबाट खङ्ग्रयाङ्ग खसे जस्तै हुन्छ मुटु
कतै तिम्रो आँखा रसाउँछ कि भनेर ।

स्वार्थ

  • by

उफ्!! यो स्वार्थी संसार,
खै के भनी परिभाषित गरूँ।
मान्छे धनी छन्, मकान ठूला छन्
तर,
अफसोस्
ति मानवहरूमा एउटा सानो मन छ
जुन ति मकानबाट निस्किने साहस गरेनन्,
मकानको दूरदराजमा थन्किएका छन्,
खै के सोच्छन् ति नाथेहरू,
खै किन भड्किन्छन् ति दुःखी आत्माहरू,
एउटा गरिब मन लिएर दौडधूपमा लागेका छन् आफ्नै स्वार्थ पूर्ति गर्न।
ए स्वार्थी मानव तिमी आफ्नो वास्तविक धरातलबाट थोरै माथि उभिएर हेर,
खुम्चिएको मनलाई परिष्कृत गराएर हेर,
ऐनालाई साँची राख, म र आफू छोडी
तँ, तिमी र दूनियालाई सोची हेर,
मानव होईन मानवियता हेर,
अनि महसुस गर
यो दूनिया कति विशाल छ,

तिमीलाई जन्मदिनको शुभकामना।

  • by

जिन्दगीका हरेक पल गर्नु तिमी सामना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

दूरदर्शी दूरगामी हौ, यही माग्छ जमाना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

दूनियाको मन जित्ने बन्नू तिमी विराङ्गना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

सेवा गरी मेवा मिल्ने बनोस् तिम्रो चाहना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

सधैँभरी समिप हुने यो माया होस् बाहना
तिमीलाई जन्मदिनको धेरै छ शुभकामना।

KrishnaPrasadDahal

मनको वह

  • by

पागल सरी भएँ सानु पर्खाईमा तिम्रो
चट्ट मुटु छिन्यो प्रिय झर्काईमा तम्रो।

बुझ्दैनौकि मनको कुरा नबुझेझैं गर्छौ
एक्लो महसुस गर्छु तर्काईमा तिम्रो।

झुठो आश

  • by

झुठो आश देखाएर तिमी हराई गयौ
आफ्नो भन्ने तिमी नै थ्यौ किन पराई भयौ ? ।
सपनीमा भेट्न आउथ्यौ धेरै जसो तिमी
आखिर टाढा भैइछाड्यौ बास सराई गयौ ।
बच्ने ईछ्या छदैछ प्रिया नहुनु यती कठोर
जाल भित्र पार्यौ कठै अनि मराई दियौ ।
छट््पटाउंदै बस्यो चरी तिम्रै आगनी को डिलमा
टिप््न लग्या चामल दाना किन छराई दियौ ? ।

नियति

  • by

नियतिले ठगेपछि कस्को के नै लाग्दो रैछ
अमृतले मन भरिएनी बितृष्णा जाग्दो रैछ

सपनाहरू धमिलिए नयन चिसो भएसँगै
अविश्रामी औँलाहरू अनायासै थाक्दो रैछ