पागल सरी भएँ सानु पर्खाईमा तिम्रो
चट्ट मुटु छिन्यो प्रिय झर्काईमा तम्रो।
बुझ्दैनौकि मनको कुरा नबुझेझैं गर्छौ
एक्लो महसुस गर्छु तर्काईमा तिम्रो।
डराउँथे म तिम्रो सामु कहीं गल्ती हुन्छ भनी
हाँस्न सक्दिनथेँ आँसु दर्काईमा तिम्रो।
चाहेको हुँ बस्नलाई तिम्रो मनको आसनीमा
खबरदारी गर्यौ प्रत्येक धड्काईमा तिम्रो।
खुसी थिएँ दुखाई छोड्यौ सहनभो गाह्रो
जल्यो आलो घाउ,नूनको छर्काईमा तिम्रो।
