Skip to content

उफ्!! यो स्वार्थी संसार,
खै के भनी परिभाषित गरूँ।
मान्छे धनी छन्, मकान ठूला छन्
तर,
अफसोस्
ति मानवहरूमा एउटा सानो मन छ
जुन ति मकानबाट निस्किने साहस गरेनन्,
मकानको दूरदराजमा थन्किएका छन्,
खै के सोच्छन् ति नाथेहरू,
खै किन भड्किन्छन् ति दुःखी आत्माहरू,
एउटा गरिब मन लिएर दौडधूपमा लागेका छन् आफ्नै स्वार्थ पूर्ति गर्न।
ए स्वार्थी मानव तिमी आफ्नो वास्तविक धरातलबाट थोरै माथि उभिएर हेर,
खुम्चिएको मनलाई परिष्कृत गराएर हेर,
ऐनालाई साँची राख, म र आफू छोडी
तँ, तिमी र दूनियालाई सोची हेर,
मानव होईन मानवियता हेर,
अनि महसुस गर
यो दूनिया कति विशाल छ,
ति क्षितिजमा कति रहस्य लुकेका छन् तिनलाई नियाल्ने गर र आफूलाई विष्लेषण गर तिमी आफैँ बुझ्ने छौ
यहाँ तिमी मात्र हैन
यहाँ ठूलो दूनिया छ, यहाँ ठूलो प्रकृति छ।।
ए मानव तिमी किन विर्सन्छौ
तिमी कालजयी छैनौ,
तिमीलाई समयले धमिलो बनाउँछ,
यो लोक छोडी अलौकिक लोकमा जानुछ,
ए मानव तिमीलाई खबरदार छ
तिमीलाई पिल्सिनु पर्नेछ त्यो अजनवी दूनियामा।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *