नियतिले ठगेपछि कस्को के नै लाग्दो रैछ
अमृतले मन भरिएनी बितृष्णा जाग्दो रैछ
सपनाहरू धमिलिए नयन चिसो भएसँगै
अविश्रामी औँलाहरू अनायासै थाक्दो रैछ
दु:खी आत्मा भौतारिन्छ एक्लो महसुस पछि
सुख खोज्दै अन्धकारमा चौथर्फी भाग्दो रैछ
छामछाम छुमछुम गर्छ विचार भावनाको समुद्रमा
भुट्भुटाउँदै पश्चातापमा एकोहोरो पाक्दो रैछ
